हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

खारेज हुँदै जनजाति प्रतिष्ठान

janajati

वैशाख ९, २०७३- आदिवासी जनजातिको सशक्तीकरणका लागि स्थापित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सरकारले खारेज गर्ने भएको छ । नयाँ संविधानको भाग-२७ धारा २५२ देखि २६४ सम्म ‘अन्य आयोगहरू’ गठन हुने उल्लेख छ । त्यसैअनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को खारेजी प्रक्रिया अघि बढाइएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठान ५९ सूचीकृत आदिवासी जनजातिको नीति निर्माण गर्ने एकमात्र निकाय हो । ऐनअनुसार प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ भने उपाध्यक्ष र सदस्यसचिवमा राजनीतिक नियुक्ति गरिँदै आएको छ । गत असारमा उपाध्यक्ष र साउनमा सदस्यसचिवको ४ वर्षे पदावधि सकिएपछि पदाधिकारी नियुक्त गरिएको छैन ।
पदाधिकारी नियुक्तिको माग भए पनि सरकारले ‘नयाँ संविधानअनुकूल प्रक्रिया थाल्ने’ जवाफ पाएको स्रोतले बतायो । संविधानको धारा २६१ मा ‘आदिवासी जनजाति आयोग’ गठन हुनेबारे उल्लेख छ । त्यसैगरी राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आदिवासी जनजाति आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेेछ ।

आयोगमा नियुक्त पदाधिकारीको पदावधि ६ वर्षको हुने उल्लेख छ । नियुक्त गरिने आदिवासी जनजाति आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका सर्तहरू र त्यस्तो आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने भनिएको छ ।

जसमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोग छन् । ती आयोगको पुनरावलोकनबारे ‘यस भागबमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ,’ भनिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव प्राध्यापक ओम गुरुङले संविधानमा उल्लेख गरिएको आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नीतिगत काम फरक भएकाले खारेज आवश्यक नहुने बताए । ‘हामीलाई अर्धन्यायिक अधिकार सम्पन्न आयोग चाहिएको हो,’ गुरुङले कान्तिपुरसित भने, ‘आयोग गठन हुँदैमा प्रतिष्ठान खारेज हुनुपर्छ भन्नु गलत हो । प्रतिष्ठानले सूचीकृत आदिवासी जनजातिलाई विभिन्न खालका सरकारी सेवा, सुविधाका कार्यक्रम दिने हो ।’

जनजाति महासंघका अध्यक्ष तथा सांसद नगेन्द्र कुमाल संविधानमा उल्लेख आयोग संवैधानिक निकाय हुने भएकाले प्रतिष्ठानको समानान्तर रूपमा सोच्नु गलत हुने बताए । ‘प्रतिष्ठान संविधानमा उल्लेख बहुजाति, बहुसंस्कृति, बहुधर्मको संरक्षण गर्न खुलेको निकाय हो,’ प्रतिष्ठानका पदाधिकारी नियुक्तिको माग गर्दै आएको तर सरकारले बेवास्ता गरेको उल्लेख गर्दै कुमालले भने, ‘त्यसैले संवैधानिक आयोग बन्दैमा प्रतिष्ठान खारेज गर्नु न्यायोचित हुन सक्दैन । यदि त्यसो गरिए सूचीकृत आदिवासी जनजाति प्रतिरोधमा उत्रिने छन् ।’ प्रतिष्ठानले सूचीकृत आदिवासी जनजाति समुदायलाई संस्थागत रूपमा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयका अधिकारीले भने त्यसबारे बोल्न चाहेनन् । संघीय मामिला महाशाखाले प्रतिष्ठान खारेज गर्नेबारे सत्तारूढ दलका सांसद लगायतसित छलफल गरेको जनाइएको छ । तर, महाशाखा प्रमुख सहसचिव हरि पौडेलले भने अहिले केही पनि नभएको बताए । मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले ‘बुझ्न बाँकी छ’ भनेर टार्ने प्रयास गरे ।

राप्रपा नेपालको भागमा परेको उक्त मन्त्रालयले प्रतिष्ठानलाई पकडमा पार्न हम्मे परेपछि खारेजीको प्रक्रिया अघि बढाउन चाहेको स्रोतको दाबी छ । ६ महिनाअघि मन्त्रीको संयोजकत्वमा पदाधिकारी सिफारिस समिति गठन भए पनि अहिलेसम्म नियुक्ति गरिएको छैन । त्यसको सट्टा प्रतिष्ठान खारेजी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

गणेश राई / इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution