हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

प्रवासमा रहेका युवाहरु नयाँ शक्ति प्रति आशावादी – शंकर भण्डारी

shnakar

नेपालको संविधान २०७२ जारी भएपछि हामी नयाँ युगमा प्रवेश गरेका छौं । मूलतः राजतन्त्र र एकात्मक राज्यको अन्त्य, गणतन्त्र संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र घोषणाले सामन्तवादको राजनीतिक उपस्थिति औपचारिक रूपमा अन्त्य भएको छ । त्यसैले अब हाम्रा राजनीतिक कार्य पनि समयक्रमानुसार बदलिन जरूरी छ । अबको हाम्रो राजनीतिक कार्यभार भनेको उच्चदरको उत्पादन वृद्धि, भौतिक तथा मानवीय विकास, समन्याय र समृद्धिसाथ प्रत्येक व्यक्तिको क्षमताको पूर्ण विकास र उपयोग हुन सक्ने समाजवाद उन्मुख नेपालको निर्माण नै हुनेछ ।

संविधान घोषणापछि नेपालका प्रायः राजनीतिक दल पुरानै विचारधाराबाट चलिरहेका छन् । आधुनिक युगको मागअनुसार अघि बढ्न नसकेकाले आज एउटा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ । यही आवश्यकता पूर्ति गर्नका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण गर्नुपर्छ भनेर अभियानमा लागिरहनुभएको छ । जब डा. भट्टराईले एमाओवादी पार्टी र सांसदबाट राजीनामा दिएर नेपाललाई आर्थिक समृद्धिसहितको मुलुक बनाउनुपर्छ भनेर जसरी नयाँ शक्तिको अभियान सुरू गर्नुभयो, त्यसैगरी मेरो विचारमा पनि उहाँले आफ्ना सारा व्यक्तिगत फाइदा त्यागेर राष्ट्रलाई नयाँ आयाम दिन रात दिन लाग्नुहुन्छ भने हामीजस्ता युवा नयाँ शक्ति निर्माण अभियानमा किन नलाग्ने ? भनेर उहाँको ‘भिजन’लाई योजनालाई साथ दिनुपर्छ र वास्तवमा नयाँ नेपाल निर्माण गर्नुपर्छ भनेर म पनि यो अभियानमा २०७२ असोजबाट आबद्ध भएको हुँ ।

नयाँ शक्ति निर्माण अभियानअन्तर्गत २०७२ मंसिर ८ देखि माघ १० गते समम्म दुईमहिने अभियान थियो । त्यसअन्तर्गत मेरो जिम्मा विदेशमा विभिन्न पेसा–व्यवसायमा आबद्ध रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई नयाँ शक्ति निर्माण अभियानमा गोलबद्ध गराउनु थियो । त्यसैअन्तर्गत नयाँ शक्ति निर्माण अभियानकी अभियन्ता हिसिला यमी र म नयाँ शक्तिबारे अन्तक्र्रिया सुझाव र संगठन निर्माण गर्न युएई, बहराइन, भारत र कतार पुगेका थियौं । ती देशमा अन्तक्र्रिया गर्दा हामीले के पायौं भने प्रदेशमा काम गरिरहेका नेपाली नेपालबारे यति चिन्तित छन् कि खाडी मुलुकजस्ता मरुभूमि देश त हराभरा भएका छन्, विकासका गतिमा बढिरहेका छन् भने हाम्रो मुलुक झन्झन् अविकसित हुँदै छ भनेर परदेशिएका नेपाली चिन्तित छन् । त्यसैले पनि आजसम्म पनि राजनीतिमा नलागेका विभिन पेसा–व्यवसायमा आबद्ध व्यक्ति पनि नयाँ शक्ति निर्माण गर्नुपर्छ भनेर बहस चलाइरहेका छन्, अभियानमा लामबद्ध भइरहेका छन् ।
हामी जुन देशमा अन्तक्र्रिया गर्न गइरहेका छौं, त्यो देशका नेपाली राजदूतावासका राजदूत, दूतावासका कर्मचारी सबैसँग अन्तक्र्रिया गर्ने गरेका छौं । उहाँहरूका सुझाव पनि संकलन गरिरहेका छांै । या त खाडी मुलुकमा भेडा चराइरहेका नपाली हुन् या त युरोप, अमेरिकामा आफ्नै व्यावसायिक हैसियत बनाएका नेपाली हुन्, या त भारतमा चौकीदार गरिरहेको नेपाली हुन् सबैको सुझाव छ– नेपालको अवस्था जर्जर छ । त्यसैले जर्जर अवस्थालाई चिर्न नयाँ ‘भिजन’, योजना र नेतृत्वसहितको नयाँ शक्ति आवश्यक छ । जुन नयाँ शक्तिले यावत् समस्यालाई चिरेर नेपाललाई छोटै समयमा विकसित देश बनाउन सक्छ ।

यसैगरी, दोस्रोपटक विदेश विभाग संयोजक नवराज सुवेदी र म नयाँ शक्ति नेपालबारे अन्तक्र्रिया र संगठन निर्माण गर्न मलेसिया पुगेका थियौं । हामीले मलेसियामा पनि के पायौं भने अहिलेसम्म कुनै राजनीतिक दलको सदस्य नभएका व्यक्तिसमेत नयाँ शक्ति निर्माण हुनुपर्छ भन्ने अभियानमा आबद्ध भए । तपार्इं किन नयाँ शक्ति निर्माण अभियानमा लाग्नुभयो भनेर पंक्तिकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘नेपालका समकालीन नेतामध्ये डा. भट्टराईको भिजनबराबर अरूको छैन । पुराना पार्टीसँग आर्थिक समृद्धिसहितको विकसित देश बनाउनुपर्छ भन्ने योजना पनि छैन ।’ त्यस्तै मलेसियाका एक पूर्वप्रधानमन्त्री डा. महाथिर महोमदले पनि जर्जर अवस्थामा रहेको मलेसियालाई आजको मलेसिया बनाएका छन् भने नेपालमा पनि डा. भट्टराईले देशको विकास गर्न सक्छन् भन्ने उनको जवाफ थियो । नयाँ शक्ति निर्माणअन्तर्गत हामी नयाँ शक्ति नेपाल पार्टी निर्माण अभियानमा छौं । यसैअन्तर्गत अन्तर्राष्ट्रिय रूपमा २५ देशमा संगठन निर्माण भइसकेका छन् । कैयौं देशमा सम्पर्क भइरहेका छन् । खाडी मुलुकको कतारदेखि भारत, बेलायत, इजरायल, युरोप, अमेरिका, क्यानडा, जापान, कोरिया, अस्ट्रेलिया, मलेसियामा नयाँ शक्ति नेपाल पार्टी निर्माण अभियानमा लागिरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा नयाँ शक्ति निर्माण अभियानमा दिनप्रतिदिन लामबद्ध भइरहेका छन् ।

कतिपय देशमा अन्तक्र्रिया गर्यौं, ती देशमा विभिन्न पेसा, व्यवसायमा आबद्ध नेपालीको मुख्य प्रश्न छ– नेपाल कहिले सिंगापुर, मलेसिया, कोरिया, जापानजस्तो बन्न सक्छ ? अथवा त्यस्तो देश बन्न नसके पनि न्यूनतम जनताका आधारभूत आवश्यकता सरकारले कहिलेसम्म उपलब्ध गराउन सक्छ ? प्रत्येक नेपालीको घर–घरमा कहिले खानेपानी उपलब्ध हुन्छ ? प्रत्येक नेपालीको घर–घरमा उज्यालो कहिले बल्छ ? सगरमाथाको देश, गौतम बुद्धको देश, गोर्खालीको देश भनेर चिनिएको देश आज नाकाबन्दीको देश, लोडसेडिङको देश, अशान्तिको देश भनेर चिनिएको छ । सरकार टुलुटुलु हेरेर कुर्सी जोगाइरहेको छ । त्यसैले चाहे त्यो ५० डिग्रीको घाममा काम गरिरहेका नेपाली हुन् वा युरोपमा थिङ्क ट्याङ्कको काम गरिरहेका नेपाली सबैको चाहना भनेको मुलुकलाई विकसित बनाउन नेपालमा नयाँ राजनीतिक शक्ति आवश्यक छ । उसले विद्यमान समस्या चिरेर साँच्चिकै सम्पन्न मुलुक बनाउँछ । आज ३५÷४० लाख युवा विदेश पलायन भएका छन् । सरकार पासपोर्ट ठेक्का लिने ठेकेदार कम्पनी भएको छ । तर, राज्यले केही सोचेको छैन भने के ३५÷४० लाख युवा एकैपटक नेपाल फर्के भने नेपालको अर्थतन्त्रको हालत के हुन्छ ? देशको अवस्था कहाँ पुग्ला ? त्यसैले बेलैमा सरकार पक्षले सोचेर युवालाई देशमै रोजगारी दिलाउने व्यवस्था गर्नुपर्छ । नयाँ शक्ति नेपाल पार्टीले पनि यो मुद्दा गम्भीर रूपमा सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ ।

नेपालीले विदेशमा धेरै सीप सिकेका छन् । क्षमता बढाएका छन् । कतिपय नेपाली व्यापारमा स्थापित भएका छन् । उनीहरू सबैको क्षमता, सीप र पुँजी नेपालमा प्रयोग गर्न सक्यो भने देशको मुहार चाँडै फेरिनेछ । त्यसका लागि नयाँ राजनीतिक शक्ति आवश्यक हुन्छ । यसैले पनि हामी नयाँ शक्ति निर्माण अभियानमा छौं । आउनुहोस् हामी सबै नयाँ शक्ति निर्माण अभियानमा जुटौं । समृद्धि, विकास हाम्रै पालामा भएको देश निर्माण गरौँ।

नयाँ शक्ति नेपालप्रति मानिसको विश्वास बढ्नुको मुख्य कारण भनेको अहिलेको जर्जर अवस्थामा रहेको नेपाललाई आर्थिक समृद्धिसहितको मुलुक बनाउने एजेन्डा नै हो । नयाँ शक्ति निर्माण अभियानमा सबैलाई गोलबन्द गर्न सक्ने सम्भावना भनेको सम्पूर्ण नेपालीलाई राजनीतिभन्दा माथि उठेर देश विकासको एजेन्डामा गोलबन्द गर्न र सामाजिक आन्दोलनको सचेतना जगाउँदै भ्रष्टाचार निर्मूल पार्न, देशको मुहार फेर्ने अभियानमा गोलबन्द गराउन सकिन्छ । नयाँ शक्ति निर्माण अभियानमा प्रवासमा बसेका नेपाली संलग्न हुनैपर्छ । जापानका स्कुलमा पढाइरहेका आदरणीय मित्र भुवन रोक्का, भारतको सुरतमा बसेका सुरत विश्वकर्मा, अस्ट्रेलियाका विनोद पौडेल, सवान चौलागाईंसँग बुझ्दा उहाँहरूले नेपालमा अहिलेसम्म राजनीतिको नाममा राजनीतिक आन्दोलन गर्नेमात्र काम भयो । राजनीतिको नाममा दलगत स्वार्थ पूरा गर्ने व्यक्तिगत स्वार्थ पूरा गर्ने कामभन्दा केही भएन भन्नुभयो ।

नातावाद, कृपावादमा मात्र अलमलिने र समायानुकूल पार्टीको ‘भिजन’ रूपान्तरण गर्न नसक्ने पुराना ढर्राका पार्टीको नेपाललाई विकास गर्न कुनै सम्भावना नभएकाले अब देशमा नयाँ वैकल्पिक राजनीतिक शक्ति आवश्यक भएकाले हामीले हाम्रै पालामा देश विकास गर्न सकेनौं भने हामी फेरि पनि ५० वर्ष पछाडि धकेलिनेछौं ।

(लेखक, नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद् एवम् अन्तर्राष्ट्रिय विभाग सदस्य हुन् ।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution