हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति तीन वर्ष भित्रै बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुन्छ: पौडेल

devendra
टीकापुर –नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आफूहरु तीन वर्षभित्रै बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गरेका छन् ।

टीकापुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म ६७ जिल्लामा अन्तरिम जिल्ला परिषद् र १९ देशमा अन्तरिम संरचना निर्माण गरिसकेको जानकारी दिए ।

उनले आफूहरु स्थानीय निकायको निर्वाचनमा सहभागी हुन तयार रहेको समेत बताएका छन् । स्थानीय निकायमा जित हासिल गर्न आफूहरु संगठन विस्तारमा होमिएको बताए ।

‘राजनीतिक गतिविधि गर्नका लागि निर्वाचन आयोगमा दर्ता भैसकेका छौं’ उनले भने–‘जेठ मसान्त भित्रै पार्टी घोषणा हुन्छ ।’

उनले सुशासन र आर्थिक सम्वृद्धि नयाा शक्तिको लक्ष्य भएको बताउादै राजनीतिक विकल्प दिने उदेश्यले नयाा शक्ति गठन भएको दावी गरे ।

उनले सबै राजनीतिक दलसाग आफूहरुको कार्यगत एकता हुने बताउादै कसैसाग पूर्वाग्रह नभएको बताए ।
‘हाम्रो कसैसाग आग्रह पूर्वाग्रह छैन’, उनले भने–‘सुशासन र आर्थिक सम्वृद्धीको बाटो रोज्ने सबैसाग कार्यगत एकता हुन्छ ।’

उनले नागरिकका अधिकार कुण्ठित गर्ने कुनैपनि आन्दोलन नगर्ने बताउादै तानाशाह जन्मिने खतरा भए आन्दोलन अपरिहार्य हुने बताए ।
‘जनतालाई दु:ख हुने कुनै काम गर्दैनौ भनेर हामीले घोषणा गरिसकेका छौं’ उनले भने–‘तर तानाशाह नै जन्मियो भने आन्दोलन गर्नैपर्छ ।’
उनले सबै जातजातिलाई समेट्न का लागि सिमाङ्कन हेरफेर जरुरी रहेको बताए । उनले जनमतका आधारमा प्रदेशको सिमाङ्कन हुनु पर्नेमा जोड दिए ।
‘अहिले मगर र थारुलाई समेट्न सकेको पाईदैन’, उनले भने–‘सबैलाई समेट्ने गरी सीमाङ्कन हुनुपर्छ ।’ भारतको इशारामा नयाा शक्ति नेपाल गठन भएको भन्ने टिप्पणी दु:खदायी भएको बताउादै उनले नयाा शक्ति स्वाभिमानी नागरिकको शक्ति भएको बताए ।

उनले आफूलाई सहज भए ठीक र असहज भए बेठीक ठान्नेहरुले नयाा शक्तिका बारेमा गरेको गलत प्रचार भएको बताए ।
उनले आफूहरु हिमाल, पहाड र मधेशको भावनालाई जोड्ने सेतुका रुपमा अघि बढेको बताउादै मधेशको आन्दोलन मथ्थर भएपनि समस्या समाधान नभएको बताए ।

सो अवसरमा सचिवालय सदस्य जनकराज शाह, पूर्व सभासद सुकदैया चौधरी, टीकापुर नगर इञ्चार्ज धु्रब राज खत्री लगायतको उपस्थिति रहेको थियो । पौडेलले कार्यकर्ताहरु साग भेटघाट समेत गरेका थिए ।@ रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution