बौद्ध-सिम्बु/सिंङ्गुन जात्राको सन्दर्भमा बहस : – सरोज मोहन लामा तामाङ

दोलखा तिरका तामाङ भाषा बोल्ने तामाङहरुले जात्रालाई जत्थर भनिन्छ । तामाङहरुले विशेष महत्त्वकासाथ आजको दिन मिति २०७३ साल बैशाख ९ गते बौद्धमा १०८ चोटि कोरुवा गर्दै दर्शन गरी मृत आत्माको चिर शान्तिको कामनाको साथै श्रद्धा गर्दछ्न । र बाचिएका मानिसहरूको समृद्धिको खातिर लामा गुरुहरुबाट मोलम सांङसेर्गेम गरि नाङसलमा १०८ बत्ती बली कामना गरिन्छ ।
भोलि मिति २०७३/१/१० गते बिहान बालाजुको २२ धारामा स्नान गरि बौद्धमा गरेकै जस्तो स्वयाम्भु/सिम्बु/सिंगुनमा पनि दर्शन गरि फेरि मृत आत्माको चिर शान्तिको कामना,श्रद्धा र बाचिएका मानिसहरूको समृद्धिको खातिर लामा गुरुहरुबाट मोलम सांङसेर्गेम गरि नाङसलमा १०८ बत्ती बाली कमना गर्दछ्न। त्यसपछि दिनभर आ-आफ्नो चिनजानेका साथीहरु, नाता कुटुम्बाहरु बिच रमाइलो गर्दै तामाङ सेलो दोहोरी गाउदै नाच्दै यो जत्थर/जात्रा/मेला/महोत्सव मानाउने गर्दछ्न ।
बौद्ध-सिम्बु/सिंङ्गुन जत्थर कि तेमाल जात्रा त ???
बिशेश त उहिले उहिले काठमाडौं वरिपरिको तामाङहरु त्यसमा नी काब्रे जिल्लाको तिमाल क्षेत्रका तामाङहरु अलि बेसी वा धेरै यो जत्थरमा आउने गरेकाले यस जत्थरको नाम तेमाल जत्थर भन्ने गरेको सुनियो । अर्को ऎतिहासिक कुरा चाहिँ तामाङहरुको अन्तिम राजा तेमालको रेन्जेन दोर्जे जसले आज र भोलीको दिनमा उ भेला तेमालबाट हिडेर बौद्धमा आई १०८ चोटि कोरुवा गर्दै दर्शन गरी मृत आत्माको चिर शान्तिको कामनाको साथै श्रद्धा गरेको र बाचिएका मानिसहरूको समृद्धिको खातिर लामा गुरुहरुबाट मोलम सांङसेर्गेम गरि नाङसलमा १०८ बत्ती बली कामना गर्दै भोलिपल्ट बिहान बालाजुको २२ धारामा स्नान गरि बौद्धमा गरेकै जस्तो स्वयाम्भु/सिम्बु/सिंगुनमा पनि दर्शन गरि फेरि मृत आत्माको चिर शान्तिको कामना,श्रद्धा र बाचिएका मानिसहरूको समृद्धिको खातिर लामा गुरुहरुबाट मोलम सांङसेर्गेम गरि नाङसलमा १०८ बत्ती बाली कमना गर्ने गर्थ्यो रे। त्यसपछि दिनभर आ-आफ्नो चिनजानेका साथीहरु, नाता कुटुम्बाहरु बिच रमाइलो गर्दै तामाङ सेलो दोहोरी गाउने र नाच्ने गरिको थियो रे । त्यसैबेला देखि तेमालको राजा नै आएसी, काठमाडौंको तामाङ भन्दा अन्य जातिहरुलेचाहिँ जत्थर खासमा बौद्ध र सिम्बु/सिङ्गुनमा भएनी तेमाले जात्रा भन्न थलियो । पछि पछि यस जत्थरमा विभिन्न जिल्लाका तामाङहरु आएनी उपस्थिति भएनी तेमालको तामाङ राजको सेखापछी भने तेमालमै बसोबास गर्ने तामाङ सथीहरुले चाहिँ यस जत्थरलाई तेमल जात्रा भनिएको रहेछ । किनभने म दोलखा जिल्लामा बस्ने तामाङ मेरो हजुरबुबा, हजुरआमा, आमा, बुबा सबैले म सानो छ्दा यस जात्रालाई बौद्ध-सिम्बुला जत्थर भनिन्थ्यो । न कि तेमाल जात्रा । तेमाल जात्रा/जत्थर त तेमालमै हुनु पर्थ्यो नी । कि कसो ?