बौद्ध सम्मेलनका लागि मुन,सि जिन पिङ र मोदीलाई निम्तो

वैशाख -९ काठमाडौं । नेपालले गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा दुई छिमेकी मुलुकका राष्ट्र प्रमुखलाई निम्तो पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङलाई सम्मेलनका लागि आमन्त्रण गरिएको हो । राष्ट्र संघका महासचिवलाई पनि नेपाल सरकारले निम्तो पठाएको छ ।
वौद्ध सम्मेलन अन्तरगत जेठको ६ र ७ गते काठमाडौंमा दुई दिन सम्मेलनहरु हुनेछन् । ८ गते भने गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जन्म जयन्तीको विशेष कार्यक्रम हुनेछ ।
यसैगरी बौद्ध सम्मेलनका लागि श्रीलंकाका राष्ट्रपति र संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनसहित युनेस्कोका महासचिवलाई पनि आमन्त्रण गर्नुको नेपाललाई बौद्ध धर्मको आध्यात्मिक केन्द्र बनाउन र बौद्ध धर्मको संरक्ष्णका लागि सम्मेलनको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि छुट्टै सचिवालय नै बनाएर तयारी भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।