हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ओलीलाई हटाएर प्रचण्ड नेतृत्वमा सरकारः गोपाल किराती

Gopal-Kirati
वैशाख- ९ , काठमाडौं । एमाओवादीका नेता गोपाल किरातीले केपी ओली सरकारलाई हटाएर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् ।

एमालेले अहिले माओदीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो शासन गर्न चाहेको उनको टिप्पणी थियो ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा किरातीले भने, ‘केपी ओलीको सरकार ईतिहासमै खतरनाक राष्ट्रघाती सरकार हो । यो सरकारलाई यथासिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डको नेतृतवमा नभए मधेस आन्दोलन, पुनिर्निर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिने उनले बताए ।

स्थायी समिति सदस्य नेता किरातीले ओली नेतृत्वको सरकार हटाउन पार्टीभित्रै सशक्त आन्दोलन गर्ने घोषणा गरे । अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने अन्यथा पार्टीभित्र शसक्त आन्दोलन गर्ने उनले बताए ।

नेता किरातीले आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दाबी गरे । उनले ओली सरकारलाई हटाउन पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा समेत छलफल गराउने योजना सुनाए । उनले भने, ‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भइसकेको छ ।’

किरातीले खोक्रो राष्ट्रवादको नाममा भारतलाई चिढ्याएर अन्तर्राष्ट्रिय गठबन्धन बनाएर माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको उनले बताए ।

माओवादीको चिहानमा एमालेको शासन गर्ने योजनालाई बुझ्नु पर्ने भन्दै उनले भने, ‘केपी ओली शान्ति सम्झौता सिध्याएर ज्योति बसु र चारु मजुमदारको जस्तो अवस्थामा पुर्याउने षड्यन्त्रमा लागेका छन् ।’  अनलाइनखबरमा समाचार छ  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution