हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

इजरायलको सीपले लामिछाने व्यवसायी किसान

 

il

कावासोती । विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ ? घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने । तर, योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने ।

साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल गएका यी ३१ वर्षीय युवा घर आएपछि पनि त्यत्तिकै बसेका छैनन् । इजरायलमा सिकेको कृषिको सीपलाई नेपाली माटोमा प्रयोग गरेर काम गरिरहेका छन् ।

विदेशको कमाईले गोछडामा प्रतिकट्ठा वार्षिक दुई हजारका दरले भाडामा १५ कट्ठा जग्गा लिएर उनले त्यहाँ मौसमी र बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । खाडी मुलुकमा समेत थोपा सिँचाइबाट कृषिमा भएको उन्नतिले गर्दा मलाई घर फर्केपछि पनि काम नगरी बस्नै मन लागेन । उनले भने- ‘इजरायलको कृषि आधुनिकीकरणले मेरो मन छोयो ।’

विदेशमा सिकेको सीप युवाले प्रयोग नगरे कसले गर्छ भन्ने कुराले उनलाई घच्घच्याउँदै कृषिमा लाग्न प्रेरित गर्यो । जग्गा भाडामा लिएदेखि माटोको परीक्षण गरी उर्वरा शक्ति बढाएर उनले बारीमा ड्याङ लगाएर करेला, गोलभेँडा, काँक्रो, फर्सी, घिराैँला लगायतका तरकारी लटरम्म फलाएका छन् । कृषिले नै दिगो रोजगार हुने बुझाइ भएकाले नै तरकारीखेतीमा लागेको दामोदर लामिछानेले बताए ।

तरकारीखेतीले राम्रो आम्दानी दिने भएपनि सिँचाइका लागि बोरिङ अनि आवश्यक मजदुरको समस्याले भने उनलाई सताउने गरेको छ । दैनिक सात/आठ सय रुपैयाँ दिँदा पनि काम गर्ने मजदुर नपाउँदा भने काममा चुनौती हुने गरेको उनले बताए । युवा खाली बस्न तयार हुने तर कृषि काम गर्न हिम्मत नगर्दा मजदुरको अभाव भएको हो । उनले भने- ‘विदेशमा जे काम गर्न पनि तयार हुने हामी घर आउँदा लाहुरे हुने समस्या छ ।’

अहिले उनको बारीमा नौ सय बोटमा नौ क्विन्टल गोडभेँडा छ । तर बजारको दर भाउले उनलाई पाकेका गोडभेँडा टिपुँ कि नटिपुँको अवस्थामा पुराएको छ । सरकार र समाजका कारण बजारीकरणको समस्याले पिरोल्ने भए पनि हरेस नखाएर काममा लागेको उनले बताए ।

विदेशको सीप र स्वदेशमा प्रयोग गर्ने युवालाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्दा मुलुकले आर्थिक विकास गर्ने मात्रै होइन युवालाई पनि स्वरोजगार बनाउँछ । त्यसैले कृषि उद्यममा लागेका युवाको कामलाई सहयोग पुराउन जरुरी भएको युवा उद्यमी विक्रम पाण्डे बताउँछन् । रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution