इजरायलमा २५६० औ बुद्ध जयन्ती भव्यताको साथ मनाउने

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनमा इजरायल स्थित विभिन्न सामाजिक एवम् धार्मिक संघसंस्थाहरुलाई सहभागी गराई बिश्व शान्तिको दुत भगवान बुद्धको २५६० औ बुद्ध जयन्ती भव्यताको साथ मनाउने भएको छ |
आउँदो २१ मे २०१६ (शनिबार)का दिन तेलअविव,इजरायलमा मनाउने बुद्ध जयन्ती कार्यक्रमको स्थान भने सबै संघसंस्थाहरुको प्रतिनिधिहरु संग छलफल गरी तय गरिने महासंघकी महासचिव निर्मला गुरुङले तामाङअनलाइनलाई जानकारी दिनुभएको छ | साथै वहाँले इजरायलमा रहेका सबै संघसंस्थाहरुलाई सहआयोजकमा बस्नको लागि हार्दिक अनुरोध गर्नुहुदै छिटै छलफल प्रारम्भ गरिने बताउनु भयो |