कोरियाका लागि नेपाली महामहिम राजदुत कमानसिंह लामाको सम्मान तथा बिदाई कार्यक्रम
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले यहि आउँदो २४ अप्रिल २०१६ आइतबारको दिन नेपाल हाउसको सभा हलमा दक्षिण कोरियाको लागि नेपाली राजदुत महामहिम कमान सिङ लामालाई एकीकृत माओबादीको संगठन दक्षिण कोरियाले सम्मान पत्रका साथ विदाई कार्यक्रम आयोजन गर्ने भएको छ |
दक्षिण कोरियामा नियुक्त भएर आउँदा पनि महामहिम राजदुत लामालाई एकीकृत माओवादीको भात्री संगठन नेपाली जनअधिकार मन्चले एक भब्य कार्यक्रमका साथ स्वागत गरेको थियो। उक्त अवसरमा कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरुका अध्यक्ष वा प्रतिनिधिहरु, सम्पुर्ण मजदुर, ब्यापारी, बुद्धिजीवीहरु, विद्यार्थीहरु लगायत दक्षिण कोरियाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई दिनको ठिक १२:००बजे गरिमामय उपस्थितिको लागि आयोजक द्वारा हार्दिक अनुरोध गरिएको छ ।