हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भारतमा १६ बर्षे नेपाली किशोरीमाथि एक सय १३ जनाले यौन शोषण

rape_victim2

नेपालबाट भारतको पूणे गएकी एक किशोरीमाथि यौन शोषण गर्ने गरेको आरोपमा भारतीय प्रहरीले एक सय १३ विरुद्ध मुद्दा दर्ता गरेको छ । १६ वर्षीया पीडित किशोरीको दाबी अनुसार दुई वर्षदेखि लगातार एक सय बढीले यौन शोषण गरेका थिए । पूणे पुलिसले किशोरीको यौन शोषणमा संलग्न भएका मध्ये स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरिश शाह, रोहित भण्डारीलाई पक्राउ गरेको छ ।

दुई वर्षसम्म लगातार यौन शोषण गरेको बताएकी पीडित किशोरीले पुलिसलाई दिएको बयान अनुसार शर्मिला (नाम परिवर्तन)को घर झापाको काकड्भिट्टा हो । उनको परिवारमा आर्थिक संकट थियो ।शर्मिलाका पिता चियाको सानो पसल चलाएर बसेका थिए । त्यही चिया पसलबाट उनले जसो तसो घर चलाएका थिए । रोहित भण्डारी शर्मिलाका बुबाको पलसमा आउने जाने गर्थे । उनी त्यही क्रममा शर्मिलाका बुबासँग साथी भए ।

परिवारको आर्थिक अवस्था कमजोर देखेका उनले एक दिन भारतको पूणेमा ब्यूटी पार्लरमा राम्रो काम लगाइदिने भनेर प्रस्ताव राखे । शर्मिलाका बुबाले साथीको विश्वास गरेर उनलाई शर्मिलालाई पूणे पठाइदिए ।रोहितले भने अनुसार नै शर्मिलालाई ब्यटी पार्लरमा नोकरी लगाई दिए । सुरुका केही दिन शर्मिलाले सजिलै दिन बिताइन । उनले अब जीवन सहज हुने सोच्न थालिन ।

केही दिनमै रोहितले शर्मिलालाई देह व्यापारमा पुर्याए । रोहितको व्यवहारको चर्को विरोध गरेर स्वीकार नगर्दा रोहितले उनलाई नशा खुवाएर शारीरिक अत्याचार गर्न थाले । शर्मिला डराएरै दुई वर्षसम्म रोहितको शारीरिक शोषण पीडित भइन । दुई वर्षको अवधिमा शर्मीलाले रोहितका साथमा एक सय बढी केटासँग रात बिताउनु परेको थियो । शर्मिलाले आफूलाई रोहितले यो अवधिमा अलगअलग ठाउँमा राखेर यौन शोषण गर्ने गरेको बताएकी छन् ।

शर्मिलाले पुलिसलाई बताए अनुसार रोहितले स्वीकृतिको साथ लगाएर उसका साथीका साथमा देह व्यापारका लागि हैदरावाद, अहमदावाद लगायत क्षेत्रमा समेत लान्थे । पछिल्लो महिनामा भने स्वीकृतिले शर्मिलालाई पूणेको एउटा फ्ल्याटमा लगीन् । त्यहाँ उनलाई कुटपिट गर्दै गर्भपतन गर्न लगाइयो । त्यो फ्ल्याटमा दिल्लीकी एउटी मोडललाई समेत राखिएको थियो । ति २६ वर्षीया मोडललाई समेत स्वीकृतिले यौन व्यापार गर्न बाध्य बनाएकी थिइन् ।

यही क्रममा शर्मिला एउटा मौका छोपेर मोडलसँग भागेर दिल्ली पुगिन् । दिल्ली पुगेकै मौकामा उनले प्रहरीमा उजुरी गरिन् । शर्मिलाको उजुरीपछि पूणे प्रहरीले उनको यौन शोषणमा संलग्नको खोजी गरिरहेको बिबिसी हिन्दीले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution