नयाँ शक्तिको युवा संगठनमा सय जना थपिए

काठमाडौं– नयाँ शक्ति नेपाल निकट युवा संगठनले आफ्नो केन्द्रीय परिषदमा झण्डै सय हाराहारी केन्द्रीय परिषद सदस्य थप्ने निर्णय गरेको छ । संगठनका उत्प्रेरक तथा नयाँ शक्तिका सचिवालय सदस्य ईञ्चार्ज गंगा श्रेष्ठको प्रमखु आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संगठनको नाम युवा अभियान नेपाल राख्ने निर्णय गरेको छ । श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति बनाउने मुख्य अभिभारा युवाहरुको काँधमा रहेको बताए ।
नयाँ शक्तिमा युवाहरु नै मुख्य प्राथमिकतामा युवाहरु नै रहेको भन्दै विदेशमा रहेका ५० लाख युवाहरु स्वेदश फर्काएर राष्ट्र निर्माणमा परिचालन सक्ने नेतृत्व र पार्टी नै अहिलेको आवश्यकता रहेको बताए । बैठकमा देशभरी बढिरहेको संगठनप्रतिको आकर्षण र उभारलाई सुदृढ गर्दै लैजाने विषयमा छलफल भएको संगठनका केन्द्रीय परिषद सदस्य कृष्ण घिमिरेले जानकारी दिए |