हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

प्रधानमन्त्रीले माफी नमागेसम्म न्यायाधीश र राजदूतको सुनवाइ हुँदैनः पौडेल

Ram-chandra-Paudel
८ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले माफी नमागेसम्म प्रस्तावित न्यायाधीश र राजदूतहरूको संसदीय सुनुवाइ नहुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसदीय सुनवाइ समिति कायमै छ भनेर आत्मालोचना सहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने उनले बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाइ समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम फिर्ता लिनुभएको हो, अब कसले सुनवाइ गर्ने ? उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनी आत्मालोचना नगरेसम्म संसदीय सुनवाइ हुन सक्दैन ।’

न्यायपरिषद सदस्यमा रामप्रसाद सिटौलाको नाम सुनुवाइ समितिमा ल्याएपछि मात्रै सुनवाइ हुने पाैडेलले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने कांग्रेस नेता पाैडेलकाे तर्क छ ।

पौडलेले भने, ‘हामी संविधान संशोधन गरेर सुनवाइ समिति गठन गर्ने पक्षमा छैनौं । कि पुरानै सुनवाइ समितिले सुनवाइ गर्नुपर्यो, नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’

पौडेलले राजदुत नियुक्तिमा कांग्रेससँग सरकारले सल्लाह पनि नगरेको र नियुक्तिमा मनपरी गरेको आरोप लगाए । कांग्रेसले संसदकाे बैठक बोलाउन आग्रह गरिसकेको भन्दै पाैडेलले अब चुप लागेर नबस्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा सरकार ढाल्ने रणनीति बनाउन नयाँ दिल्ली गएका हुन् कि भनी सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ श्रीमतीको उपचार गर्न जानुभएको हो, श्रीमतीको उपचार गर्न पनि जान नपाउने ? अनावश्यक शंका नगर्नुस् ।’ – अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution