हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नयाँ शक्ति नेपालको बाँके जिल्ला शिक्षक संगठन गठन

b4

नयाँ शक्ति नेपालको शिक्षक संगठन   ‘शिक्षक समाज नेपालको बाँके जिल्ला भेला’ शिक्षक समाज नेपालका केन्द्रिय परिषद सदस्य मंजु सापकोटाको अध्यक्षतामा बाँकेको कोहलपुरमा बैशाख ७ गतेका दिन सम्पन्न  भएको छ । भेलाले रामचन्द्र त्रिपाठीको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला परिषद गठन गरेको छ ।

“शिक्षक र शैक्षिक सरोकारवालाहरूको कर्तव्य र अधिकार; वैज्ञानिक र व्यबहारिक शिक्षा समाजबादको आधार” भन्ने नाराका साथ सम्पन्न भेलामा जिल्लाका बिभिन्न विध्यालयका शिक्षक- कर्मचारीको उपस्थिति रहेको थियो । उक्त भेलाका प्रमुख अतिथि शिक्षक समाज नेपालका केन्द्रीय संयोजक दल ब. बीसी हुनुहुन्थ्यो। संयोजक बीसीले सम्पूर्ण शिक्षकहरूलाई पेशाप्रति प्रतिबध्द भई फरक र युग सुहाउँदो शिक्षक बन्न प्रेरित गर्नुभयो । उहाँले संसार बिकासको प्राकृतिक विज्ञान बमोजिम समयानुकुल नयाँ बिचार जन्मने हुँदा शिक्षकहरू पनि सोही अनुसार अगाडि बढ्न सुझाब दिनुभयो । ज्ञानले विज्ञानको आबिष्कार हुनेहुँदा हामी पनि नयाँ विज्ञानतर्फ लम्किएको बताउनुभयो । देश निर्माणमा अघि बढ्दै शिक्षकहरू उत्पादनमा समेत लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक समाज नेपालको दार्शनिक आधार विज्ञान हुने र संगठनात्मक आधार पेशागत एकता हुने भन्दै शैक्षिक संबृध्दिका लागि बौध्दिक क्रान्तिमा लाग्ने बताउनुभयो । उहाँले शिक्षकहरूको एकल ट्रेड युनियन निर्माणमा जोड दिदै अहिलेका सबै भातृ संगठनहरूको विघटन गर्न माग गर्नुभयो ।

कार्यक्रमका बिशेष अतिथि शिक्षक समाज नेपालका केन्द्रीय संगठन बिभाग प्रमुख इन्द्रराज भट्टराईले यस समाजले कुनै राजनीतिक दलको पक्षपोषण नगर्ने तर नयाँ परिबेश र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्निर्माणका लागि आउने हरेक अभियानलाई साथ दिन शिक्षक समाज नेपाल गठन गर्नुपरेको बताउनुभयो । उहाँले एक बर्षभित्रमा शिक्षक समाज नेपाल मुलुककै पहिलो र ससक्त शिक्षक संगठन बनाउने लक्ष्यका साथ अघि बढिएको भन्दै सोही बमोजिम कर्तव्य र अधिकारको लडाईँमा लाग्न शिक्षकहरूलाई आव्हान गर्नुभयो। राष्ट्रले स्रोतको उपलब्धता र समाजको आबश्यकताका आधारमा पाठ्यक्रम निर्माण गरी संघीय नेपालको शैक्षिक खाका निर्माण जरूरी रहेको भन्दै उहाँले नयाँ नेपालको नयाँ शिक्षा नीति कोर्नुपर्ने कुरा बताउनुभयो ।

भेलामा उहाँले शिक्षण प्रक्रिया सँगै शिक्षकहरूको समाज परिवर्तनमा अहम् भूमिका रहेकाले शिक्षकहरूलाई आफ्नो पेशागत कर्तव्य र अधिकारलाई सँगै अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूले नयाँ विचारलाई सहयोग र समर्थन गरी मुलुकको बिकास र संवृध्दिमा लाग्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष बाबुतरूण गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष एकदेब पन्थी लगायतले शिक्षक समाज नेपालको नवनिर्वाचित जिल्ला परिषदलाई बधाइसहित महासंघमा एकबध्द भई अगाडि बढ्न आग्रह गर्दै आफ्नो धारणा राख्नुभएको थियो ।

भेलामा बिभिन्न संघ संगठन परित्याग गरी शिक्षक समाज नेपालमा आबध्द शिक्षक कर्मचारीहरूलाई स्वागत पनि गरियो ।

b1 b2

b3






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution