पूर्व राजकुमार पारश शाहले पैसाका निम्ती बाबुसँग झगडा गर्दै रडाको मच्चाएको खुलासा

काठमाडौँ, ८ वैशाख |नयाँ वर्षको अवसरमा ज्ञानेन्द्रले नार्गाजुन जंगलबाट आफु निकटलाई शुभकामना सन्देश पठाएका थिए। जसमा पहिलो चोटी सारा परिवारको रंगीन तस्विर टाँसीएको छ। पारस छेउमा बसेका छन् ख्याउटे मुद्रामा । उनै ख्याउटे पारसले बाबुसँग पैसाका निम्ति झगडा गरेको र उनका व्यापारिक साझेदारको भाईलाई पर्यटकीय नगरी पोखरा गएर कुटेको खुलासा भएको हो।
एक दिन पारसले बुबासँग २५ लाख माग गरे। केलाई चाहीएको त्यतिका पैसा ? मसँग कहाँ छ र ? भन्दा पारसले म पोखरा घुम्न जान्छु भने। बाबुले सोल्टी होटल छेउ बस्ने प्रभाकरलाई शमशेरलाई भेट्न बताए। प्रभाकरले पोखरामा फिस्टेल होटल चलाएर बसेका भाई प्रदीप राणालाई भेट्न भने । फिस्टेल शाहज्यादी जयन्तिको नाममा छ।
जयन्ती प्रभाकर शमशेरकी भान्जी हुन्, उनी दरबार हत्याकाण्डमा मारिएकी थिइन् । पारसले उनै प्रदीपसँग गएर मलाई पैसा देउ भन्दै कराए । प्रदिपले घर्राबाट निकालेर पाँचलाख दिए । यति छ मलाई मलाई नै दिन भनेको हो भन्न नपाउँदै त्यो पैसा मुठ्याएर पारसले प्रदीपलाई भक्काभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्याए। जनआस्था साप्ताहिकबाट