प्रेमविवाह गरेकी युवतीलाई माइतीले जबर्जस्ती घर फर्काएपछि झुण्डिएर आत्महत्या

जाजरकोट, ८ वैशाख – जाजरकोटमा एक युवतीले आत्महत्या गरेकी छन्।भानुभक्त उच्च माविमा कक्षा १२ मा अध्ययनरत लहँ–४ की २० वर्षीया सुस्मिता थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिए।
यही वैशाख ३ गते डाडागाउँ–५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मंगलबार साँझ आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्।
अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो । रासस