डिजाइनर प्रवल गुरुङ काठमाण्डौमा,नेपाली सेलिब्रेटीहरु कस कसले भेटे ?

काठमाडौं- डिजाइनर प्रवल गुरुङ ग्यामर, मोडलिङ र मनोरञ्जन क्षेत्रमा चर्चित नाम हुन्। उनले डिजाइन गरेको ड्रेसमा हलिउड र बलिउड कलाकारहरुका लागि ड्रेस तयार गरिसकेका डिजाइनर गुरुङको डिजाइनमा भने अहिलेसम्म नेपाली सेलिब्रेटीहरुले देखिने अवसर पाएका छैनन्। त्यसैले होला नेपाली सेलिब्रेटीह डिजाइनर गुरुङको डिजाइनमा सजिन नपाएपनि उनलाई भेट्न मंगलबार रसियन कल्चर सेन्टरमा पुगेका थिए।
बैंकर अनिल शाहको ‘म मुभमेन्ट’ नामक अभियान अन्तर्गत आयोजित ‘प्रवल गुरुङ, द जर्नी फ्रम नेपाल टु न्युर्योक’ मा फिल्म कलाकार, मोडल र मनोरञ्जन क्षेत्रका अधिकांश व्यक्तिहरुको जमघट भएका थिए।
कार्यक्रम डिजाइनर गुरुङले नेपाली मोडल, डिजाइन र कल्चरबारे कुराकानी गरे । उनले अभिनेत्री प्रियंका कार्की, आस्था पोखरेल र लामु शेर्पा अकिंता लगायतको कामको प्रशंसा समेत गरे। कार्यक्रम सपामनपछि अभिनेत्री प्रियंका कार्कीले डिजाइनर गुरुङसँग भेटघाट गरिहालिन्। डिजाइनर गुरुङलाई मिस नेपाल अस्मी श्रेष्ठ, मिस नेपाल अर्थ रोशनी खत्री र समृद्धि राई लगायतले भेटका थिए।
अमेरिकी प्रथम महिला मिसेल ओबामा, बलिउडका प्रियंका चोपडा, दीपिका पादुकोण लगायतले डिजाइनर गुरुङका ड्रेसहरु लगाइसकेका छन्। सन् १९९९ मा अमेरिका पुगेका गुरुङले सन् २००९ बाट आफ्नै फेसन सोरुम ‘पिजी’ ब्रान्डलाई सञ्चालनमा ल्याएका थिए। शिक्षा पाmउन्डेसनमार्फत सक्रिय उनी पछिल्लो समय पारिवारिक भ्रमणका लागि नेपाल आएका हुन्।