लसुन नियमित सेवन गर्दा हुने फाइदाहरु

काठमाडौं ।लसुन विभिन्न गुणले भरिपूर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबै नेपालीको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधिको रुपमा पनि उत्तिकै गुणकारी छ ।
सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत गर्छ ।
लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ ।
यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिंदैन ।
नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदय सम्बन्धी रोग हुने सम्भावना कम हुन्छ ।
साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा विषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामवाणकै रुपमा काम गर्ने गर्छ ।
लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ ।
यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन ।
यसले पेटमा रहेका कीराहरूलाई पनि मार्ने काम गर्छ ।लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ ।
हरियो लसुनमा जिरा र नून मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसंग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।
लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरूका लागि औषधिको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।