सांगेतिक क्षेत्रमा नवगायिका- हिरामाया वाइबा तामाङ

काठमाडौँ । नेपाली सांगितिक क्षेत्रमा नयाँ नयाँ अनुहार दिन प्रतिदिन आईरहेका छन् । यस क्षेत्रमा सामना गर्नुपर्ने बिभिन्न बाधा, अड्चनका कारण सबैजना टिकिरहन भने सक्दैनन् । तर सांगितिक दुनियामा नै आफ्नै परिचय बनाउन चाहनेहरु यो क्षेत्र छोड्न सक्दैनन् । त्यसै मध्यकी गायिका हुन् हिरामाया वाइबा तामाङ।
२०६५ सालदेखि औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकी तामाङ आन्तरिक समस्याको कारण केहि समय यस क्षेत्रबाट टाढा रहनुपर्यो । सात बर्षको अन्तरालपछि उनी फेरी नेपाली संगित नगरीमा प्रवेश गरेकी छिन् । उनी भन्छिन् “म संगितबाट टाढा रहन सक्दिन, जिवनभर संगितमै रमाउन चाहान्छु संगित नै मेरो सबैभन्दा ठुलो रुचि हो ।”
सुमधुर स्वरकी धनी उनै हिरामायाले सात बर्षको अन्तरालपछि दर्शक श्रोताको लागि “पल्कियो केटा पल्कियो ….बोलको रमाईलो गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा उनलाई टंक तिमल्सिनाले गायनमा साथ दिएका छन् भने शब्द संगित पनि टंक तिमल्सिनाको नै रहेको छ ।
सानैदेखि गायनमा रुचि राख्ने हिरामाया सबैप्रकारका गित गाउन रुचाउछिन् । तामाङ सेलो र आधुनिक गित पनि चाडै सार्वजनिक गर्ने उनले बताईन् । पल्कियो केटा पल्कियो बोलको गितको भिडियो हिरामाया वाइबा नामको आफ्नै यू—ट्युव च्यानलबाट उनले सार्वजनिक गरेकी छिन् । सुनिल मगरले निर्देशन गरेको गितमा रश्मि तामाङ र सिरोज थापाको उत्कृष्ट अभिनय रहेको छ । गित निकै रमाईलो रहेको र एकपटक सुनेपछि सबै श्रोता, दर्शकले मन पराउनेमा उनी विश्वस्त छिन् ।