हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मन्त्रिपरिषद्को बैठकले २१ देशका लागि राजदूत सिफारिश

fm

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले २१ देशका लागि राजदूत सिफारिश गरेको छ। सत्ता गठबन्धनको नेतृत्व गर्ने एमालेबाट पाँच, एमाओवादीबाट चार र राप्रपा नेपालबाट एक गरी राजदूतमा भागवण्डा गरिएको छ भने दूतावासै नभएको देशमा समेत राजदूत सिफारिश गरिएको छ।

एमालेबाट सिफारिश भएकामध्ये चीनका लागि राजदूतमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पान्डेको नाम पनि रहेको छ। पान्डे बाहेक एमालेको कोटामा नारद भारद्वाज श्रीलंका, शिवमाया तुम्बाहाम्फे इजरायल, अलि अख्तर मिकरानी साउदी अरब र खड्ग केसी जापान रहेका छन्।

भारद्वाज झापाकालीन आन्दोलनका नेता हुन्। उनी ओलीसँगै लामो समय जेल पनि बसेका थिए।

तुम्बाहाम्फे एमालेका ओली पक्षीय केन्द्रीय सदस्य हुन्। मिकरानी मुस्लिम इत्तेहादका कोषाध्यक्ष हुन्। खड्ग केसी त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रमका संयोजक हुन्। उनी भीम रावल निकट मानिन्छन्।

एमा‌ओवादी कोटाबाट सिफारिशमा परेका मध्ये डेनमार्कका लागि युवनाथ लम्साल द राइजिङ नेपालका कार्यकारी प्रधान सम्पादक हुन्। अस्ट्रेलियाका लागि राजदूत सिफारिश भएका लक्की शेर्पा एमाले छाडेर एमाओवादी प्रवेश गरेकी नेतृ हुन्। बहराइनका लागि सिफारिश भएका पदम सुन्दास दलित अधिकारकर्मी हुन्। एमाओवादीबाट डा. महेन्द्र सिंह कतारका लागि सिफारिश भएका छन्।

त्यस्तै राप्रपा नेपालबाट रसियाका लागि निरञ्जन थापा सिफारिश भएका छन्। थापा पार्टीका उपाध्यक्ष हुन्। उनी पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सरकारमा गृहमन्त्री थिए।
दूतावासै नभएको देशमा राजदूत
त्यसैगरी अन्यबाट खगेन्द्र बस्नेत बंगलादेश, भरतबहादुर रायमाझी युएइका लागि राजदूत सिफारिश भएका छन्।

यस्तै परराष्ट्रका कर्मचारीका सिनियरहरु मध्येबाट ताराप्रसाद पोखरेल ब्राजिल, रमेशप्रसाद खनाल जर्मनी, प्रकाशकुमार सुवेदी अष्ट्रिया, लोकबहादुर थापा बेल्जियम, सेवा लम्साल पाकिस्तान, झविन्द्र अर्याल इजिप्ट, ऋषिकेश घिमिरे म्यानमार र दुबसु क्षत्री बेलायतका लागि राजदूत सिफारिश भएका छन्।

अस्ट्रियामा अहिलेसम्म नेपाल सरकारको दूतावास रहेको छैन। हालसम्म २९ देशमा मात्र नेपालको दूतावास रहेको छ। अस्ट्रियामा नयाँ दूतावास खोल्ने गरी राजदूत सिफारिश गरिएको हो। दूतावासै भएको ओमानका लागि भने राजदूत सिफारिश भएको छैन।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution