हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बाहुन जातिले तामाङ समुदायलाई कागति निचारे जस्तो निचोरिरहेको छ – लक्ष्मण तामाङ

पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू(भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट र स्थलगत अध्ययनका साथै अभिलेखबाट पत्तालागेको छ । नुवाकोटका साथै हालको नेपालका विभिन्न भू(भागमा तामाङराज्यहरू यत्र तत्र छरिएर रहेको इतिहासले देखाएको छ ।

पृथ्वीनारायण शाहाको पालासम्म भएको तामाङराज्यहरूको चर्चा नहुनुले पनि आर्यनहरूको मनमा फेरी तामाङहरूले आफ्नो राज्य माग्ने त होइन भन्ने चिन्त थपेको छ । प्राप्त प्रमाणहरूको आधारमा अहिलेको काठमाडौं शहरमा पनि तामाङराज्य रहेको देखिन्छ । पृथ्वीनारायण शाहले तथकथित एकीकरण अभियान थाले पश्चात तामाङराज्यहरू विस्तारै हराउँदै गएको इतिहासले देखाएको छ । काठमाडौं वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित हुनेछ ।

काठमाण्डौं उपत्यका वरिपरि तामाङहरू रहनु भन्दा पहिला तामाङहरू हालको काठमाडौं उपत्यकामानै राज्य गर्दथे भन्ने प्रमाण भेटिएकोछ । आज सम्म कुनै पनि इतिहासकारले यो कुरा उल्लेख गर्न चाहेको देखिदैन । आज सम्मको इतिहास भनेको एक व्यक्ति र हिन्दू आर्यान बाहुन जातिको स्वार्थको गुणगानलाई इतिहास भनिएको छ । अहिले हामीले जुन कुरालाई इतिहास भनेर भनिरहेका छौं त्यो इतिहास नभएर एक व्यक्तिको गुणगान मात्र हो वा शक्तिको गुण मात्र हो । काठमाडौं उपत्यकामा तामाङहरूको राज्य रहँदा मल्ल वंशको अस्तित्व थिएन । तामाङहरूलाई हटाएर यहाँ राज्य गर्न मल्ल वंशको लागि चुनौतिको विषय थियो । उनिहरूले उल्लेख गर्न चाहेन कि तामाङराज्यको बारेमा । तीतो यथार्थ र सत्य कुरो यो हो कि मच्छिन्द्रनाथको मेला हाल पनि तामाङ समुदायले मनाउनु नै काठमाडौं उपत्यकामा तामाङराज्य थियो भनेर भन्न सकिने अवस्था छ । रविन्द्र ग्यावक तामाङ लेख्नु हुन्छ । “तामाङ समुदायको योञ्जन थरका कुल देवता न्यूरोडको महांकाल हुन्, ब्लोन थरको कुल देवता इन्द्रचोकको सेतो मच्छिन्द्रनाथ हुन्, घिसिङहरूको कुल देवता हनुमान ढोकाका कालभैरब हुन्, रूम्बा थरीले गौसालाको जयबागेश्वरीलाई कुलदेवी मान्छन्” ९ग्यावक २०६८ चैत्र० आदि ।

तत्कालीन समयमा मच्छिन्द्रनाथको पूजा भनेको तामाङहरूले कुल पूजाको रूपमा पुज्ने गर्दथे र हालपनि तामाङहरूले पुज्ने गरेकोले उपत्यकामा तामाङ राज्य थिए भन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंमा मल्ल र नेवारहरूले राज्य गर्नुभन्दा पहिला तामाङहरूलेनै राज्य गरे पनि बाहुन जातिको छलकपटमा परि तामाङराज्य गुमाएको देखिन्छ । आफ्नो राज्य गुमाईसकेपछि तामाङहरू आफूलाई पायक पर्ने स्थानको खोजी गर्दै बाहिरिने क्रममा उपत्यकामा पश्चिम पट्टिका तामाङहरू हालको मकवानपुर, धादिङ तिर लागे भने केही तामाङ अहिले पनि ललितपुरको लेले गाउँमा बसोबास गरेको देखिन्छ । उपत्यकाबाट निस्कने क्रममा मकवानपुर, धादिङ तिर लागेको तामाङहरू त्यहि पहाडि भू(भागमा बसोबास गर्न थाले र सानासाना कविला राज्यहरू विभिन्न थुम्कामा निर्माण गरेर राज्य गर्न थाले । त्यस्तै हालको माछापोखरी बालाजु लगायतका क्षेत्रमा बसोबास गरेका तामाङहरू आफूलाई पायक पर्ने स्थानमा सर्ने क्रममा नुवाकोट तिर बसाई सरेको देखिन्छ । उपत्यकाबाट नुवाकोट तिर अरू भन्दा बढी तामाङहरू बसाईँ सरेका कारण थुप्रै कविला राज्य नुवाकोटमा स्थापना गर्न पुगेको देखिन्छ । उपत्यकाबाट हालको काभ्रे जिल्ला तिर बसाईं सरेका तामाङहरू पूर्वी उपत्यकाबाट पायक पर्ने ठाउँको खोजी गर्दै जाँदा काभ्रेको धुलिखेल र नगरकोट तिर बसाईं सरेको भान हुन्छ । यी तथ्यले तामाङहरूको बसोबासको अवस्था हेर्दा पनि यही सत्य जस्तो देखिन्छ । उपत्यका वरिपरि तामाङहरू बसोबास गर्न उपत्यका वरिपरि निस्कने क्रममा छरिएर बसोबास गर्न पुगेको देखिन्छ । प्राप्त प्रमाणको आधारमा पनि तामाङहरूको यो बसोबासको अवस्थाले हेर्दा पराजयको पीडासंगै तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न पुगेको देखिन्छ । हो, त्यसै समयदेखि उपत्यकाको वरिपरि छरिएर रहेका तामाङहरूले आफू बसेको क्षेत्रमा स(साना कविला राज्यको स्थापना गरेर राज्य गर्न थाले र लामो समय सम्म उपत्यका बाहिर पनि राज्य गरेको यथेष्ट प्रमाण पाउन सकिन्छ । नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्नु भन्दा पहिला तामाङ राज्यनै रहेको प्रमाण भेटिन्छ । एउटा तामाङ राज्य नभएर स(साना कविला गणराज्यहरू नुवाकोटमा भएको अवस्थिति पाइएको छ । पृथ्वीनारायण शाहको ९१७९९० को पहिलो नुवाकोट आक्रमण असफल पार्ने वा हार बेहोर्नु बाध्य पार्ने अवस्था पनि तामाङहरूले नै बनाईदिएको देखिन्छ । नुवाकोटमा पहिलो असफलता हात पारेपछि तामाङहरूसंग असन्तुष्ट बनेका पृथ्वीनारायण शाहले कहिले पनि तामाङहरूको बारेमा बोल्न चाहेनन् । छलकपट र लमजुङ्गे सेनाका सहयोगले नुवाकोट विजय यात्रा शुभारम्भ गरेका पृथ्वीनारयण शाहले देशका विभिन्न भागमा रहेका कविला तामाङराज्यहरू हात पारे र तामाङ इतिहास समाप्त गरिदिएका हुन भन्ने जनस्रुति पाइन्छ । त्यसैको नामेट स्वरूप आज पनि नेपाली इतिहासमा नुवाकोट आक्रमण र असफलता विद्धार्थीहरूलाई पढाइन्छ, घोकाइन्छ, रटाइन्छ तर को संग पृथ्वीनारायण शाहले हार बेहोर्नु पर्‍यो भन्ने बारेमा बताइदैन । यसको कारण थियो तामाङहरू फेरि पनि एकतृत हुन्छन् र आर्यन राज्य बन्न बञ्चित गर्लान् भनेर उनीहरूलाई निश्तेज पार्नको लागि पहिलो हार मात्र भन्ने गरिएको छ । तत्कालीन समयमा नुवाकोटमा कुनजातको राजाले राज्य गर्दथ्यो भन्ने खुलाइएको छैन । कारण त्यहाँ पृथ्बिनारायण शाहको पहिलो हारनै तामाङ समुदायसंग भयो । हालको नेपाली इतिहासकारले लुकाए पनि नुवाकोटमा तामाङराजाहरू रहेको देखिन्छ । औखर पौवा गाविसमा एक तामाङराज्य रहेको देखिन्छ । त्याहाका राजाका सन्तानहरू आजपनि त्यही रहेका छन् । उनिहरूका भनाइ अनुसार त्याहा हाल पनि रूम्बा राजाको शिलापत्र र दरबारको भग्नावशेष भएको ठाउँ छ । आवश्यक जर्गेनाको अभावमा तत्कालीन समयमा भएको तामाङ ऐतिहासिक स्थलको नामेट गर्ने काम अहिलेको सासकहरूबाट भइरहेको छ । काठमाडौं उपत्यकामा तामाङले राज्य गर्दथे भन्ने प्रमाण कर्कप्याट्रिको यो भनाइबाट पनि प्रमाणित हुन्छ ।

काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो । जहाँ वाक्लो बस्ती थियो । उनीहरू भोटियो भाषा बोल्दथे । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनैलाई काठ भोटिया भनिन्छ । जो आजसम्म संरक्षित र कच्छाडको पहाडमा तर मुख्य रूपमा उनीहरू कुतिपट्टिको पर्वतीय भूमिमा आवाद छन् । (एन एकाउण्ट अफ दि किङ्डम अफ नेपाल)

यसै भनाइलाई डोरबहादुर विष्टको सबै जातको फूलबारी भन्ने पुस्तकमा लेखिएको लेख अनुसार पनि तामाङहरू नेवारहरू भन्दा पहिला काठमाडौं उपत्यकामानै थियो भन्ने प्रमाणित गर्दछ । भोटे अक्षर पढ्ने र लामा(धर्म मान्ने हुनाले उहिलेउहिले हामीलाई भोटे पनि भन्ने गरेका थिए । ९डोरबहादुर विष्ट सन्, २०१० मे०

यी भनाई हेर्दा पनि काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नु भन्दा पहिला तामाङहरूनै राजा थियो भन्न सकिन्छ । जसलाई स्वदेशी एवम् विदेशी विद्वानहरूले समेत स्वीकार गरेका छन् । नुवाकोटको विभिन्न भू(भागमा स(साना कविला राज्य गरेर बसेका तामाङहरूले पृथीवनारायण शाहलाई हराउँदा एक राज्यले अर्को कविला राज्यलाई सहयोग गरेका कारण पनि पृथ्वीनारयण शाहको हार नुवाकोटमा सुनिश्चित भएको हो । यस हार बाट पृथ्वीनारायण शाहाले के पनि बुझे भने तामाङहरू जति खेर पनि एकतृत हुन सक्छ र फेरी हामीलाई छताछुल्ल पार्न सक्छ भनी डराएकै कारण तामाङराज्य र तामाङहरू संगको हारको कहिले पनि कुरा गरेनन् । यस कारण पनि नुवाकोटमा अन्य जातिको राज्य नभएर तामाङ राज्यनै थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यस्तै तामाङ गणराज्यको रूपमा अर्को महत्वपूर्ण स्थान भनेको काभ्रे रहेको देखिन्छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाणले पनि काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाण भेटिन्छ । काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । तामाङ भाषामा ‘का’ भन्नाले उपदेश र ‘भ्रे’ भन्नाले आठ भन्ने हुन्छ । भगवान बुद्धले आफ्नो पूर्वजन्म स्थल नमोबुद्धमा आइ आफ्ना शिष्यहरूलाई आठवटा महत्वपूर्ण उपदेश दिनुभएकोले यस जिल्लाको एउटा थुमलाई काभ्रे भनिएको हो । यही काभ्रे थुम र पलाञ्चोक भन्ने अर्को थुम जोडिएर यस जिल्लाको नाम काभ्रेपलाञ्चोक जिल्ला भएको हो भनिन्छ । ९ग्यवाक(२०५८ चैत्र० पृथ्वीनारयण शाहको एकीकरण अभियानमा काभ्रेमा पनि आक्रमण गरि सकेपछि त्याहाका तामाङ राजालाई वार्ताको नाममा खोलाको बगरमा बोलाई काटेर तामाङराज्यको हार गराइएबाट आज सम्म पनि काभ्रेपलाञ्चोकको तामाङहरूले तिमालको एक खोलाको पानी आज सम्म पनि खादैनन् । आफ्नो राज्य गुमाउनु पर्दाको पीडा सहन गर्न नसकी तामाङहरू बसाईं सरेको देखिन्छ । दुःखको कुरो इतिहासको पानामा पृथ्वीनारायण शाहले विभिन्न तामाङ कविला राज्यहरू एकीकरण गरे पछि त्याहाँको तामाङमा घोर अन्याय गरेका कारण पुस्तौ पुस्ता सम्म त्यस क्षेत्रमा रहेको तामाङहरू उठ्न सकेको देखिदैन । पृथ्वीनारायण शाहले तामाङहरू माथि बसालेको दुर्ब्यवाहार आजको सासकहरूले पनि गुरूमन्त्र झैं पालन गरिरहेकै छन् र तामाङहरू अगाडि आउन सकेको छैन । जे भए पनि प्रमाणको आधारमा र हाल रहेको जिल्लाको नामबाटनै प्रमाणित हुन्छ कि काभ्रेमा पनि तामाङ राज्यनै थियो । पृथ्वीनारायण शाहले आफूले पहिलो हार बेहोर्नु परेका कारणले गर्दा पनि हुन सक्छ तामाङ राज्यहरूको नामोच्चरण समेत गर्न चाहेको देखिदैन । यी लगायत मकवानपुर, धादिङ, मुस्ताङ, जड्यान प्रदेशमा तामाङराज्यहरू रहेपनि तामाङ राज्यको नाम कहि पनि उल्लेख गर्न पृथ्वीनारायण शाहले चाहेको देखिदैन । कारण राज्य एकीकरण गर्दा सबै भन्दा बढी सास्ती पृथ्वीनारायण शाहले तामाङ राज्यहरूबाटनै बेहोर्नु परेको देखिएको छ । त्यसैकारण पनि हुन सक्छ बाइसे चौबिसे राज्य भने पनि कहि कतै तामाङ राज्यको उल्लेख सम्म पनि गरेको देखिदैन ।

इतिहासको पानाले लुकाएर राखेको तामाङ राज्यहरू एक दिन अवश्य बिउँझने छन् । जित्नेको गुण गान मात्र इतिहास भन्न मिल्दैन इतिहास हार्नेहरूको पनि हुनु पर्छ र हुन्छ । इतिहास लेखन गर्दा टुप्पाबाट लेखिने इतिहास अब फेदबाट लेखिनु पर्छ । सासकले दबाएर राखेको आज करिब २५० वर्ष भइसकेको छ । शाह वंशको उदय र विनास दुवै सकिएको छ । यति बेला सम्म जति इतिहास हेरियो, पढियो, रटियो, लेखियो सब जित्नेको नाटक मात्र हो यसलाई इतिहास भन्न मिल्दैन । इतिहास जित्ने र हार्ने दुवैको हुनु पर्छ तवपो इतिहास हुन्छ नत्र के इतिहास रु तामाङ कविला राज्यहरूको पतन भनेको फेरी तामाङ राज्यको उदय हुने संकेत हो । यो एक दिन अवश्य उदाउने छ । सासकले सासित माथि गरेको दवाव हो । सासितहरूले इतिहास ताम्रपत्र, कनकपत्र, भोजपत्र, शिलालेख कहि नरहने गरि नामेट गरिए पनि प्रत्यक सासितको जनजिब्रोमा तामाङ इतिहास रहेको छ । अबको इतिहास टुप्पाबाट हैन फेदबाट लेखिनु पर्छ नत्र इतिहास नभएर सासकको गुणगात्र मात्र हुनेमा कुनै दुइमत छैन । हामी माथि युगौं युग देखि हाम्रो आवाज सासकले दबाएर राखेको छ । दबाइएका जनतातिर फर्केर इतिहास खोज्ने समय भएको छ । नेपाली सासित इतिहास हामीले बोल्न नसके पनि नेपाली माटोले हाम्रो इतिहास बोली रहेको छ । यसको लागि अब हामी जागरूक हुनै पर्छ ।

अन्तमा जगदीश शमशेर राणाको नरसिंह अवतार महाकाव्यको एक श्लोकको याद आउँछ । उनले भनेका छन् :

हामीले खप्यौ यतिका वर्ष

के भयो सहेर

मुहान फोडौं न

कानुन तोडौ न

वास्तवमै हामी तामाङले करिब २५० वर्ष भन्दा बढी समय देखिको अन्याय र अत्याचार सहेर बसेका छौं । अझ पनि सहि नै रहेका छौं । थाहा छैन अझ कति समय सहनु पर्ने हो । तामाङहरू अब सुत्ने बेला छैन । अब यतिका वर्ष सहेर नभए पछि तामाङ सक्रिएताको मुहान फोड्ने बेला भएको छ । हामी तामाङलाई किचेर राख्ने कानुन तोड्ने बेला भएको छ । जुन कानुन हाम्रो लागि अनावश्यक भारको रूपमा लादिएको छ । हामीलाई पिपा र भारी बोक्ने कामको कानुनको कुनै जरुरत भएन यस्तो कानुनको बार भत्काउनु पर्ने बेला आएको छ ।

त्यस्तै राणाकै महाकाव्यको अर्को श्लोकले भन्छ :

निख्रियको रगतमा आज चढ्यो लाली

हिजो सम्म तिम्रो पालो अब हाम्रो पाली ।

हामी तामाङहरू माथि जति सक्यौ निखार्‍यो । कागति निचारे जस्तो । गर्नु सम्म गर्‍यौ । अब निख्रिएको रगमा फेरी नया लाली चढेको छ । नया जोश जाँगर र उमङ्ग ल्याएको छ । हिजो सम्म विभिन्न बहानामा पालैपालो गरेको शासन सबै आर्य ९बाहुन० वर्गमै सीमित भएको छ । चाहे त्यो राणा शासन होस् या एक पछि अर्को स्वतः बन्ने राजाको परिपाटी यी सब आर्यहरू ९बाहुन० को हातमा रह्यो । ०७ साल भन्दा यता आएर झन भनी नसक्नु देश लुट्ने लुटाहाहरू देखा परे । ती सबै आर्य बाहुनहरू परे । आज सम्म आइपुग्दा संविधान सभा भङ्ग गर्दै फेरी यी लुटाहाहरूले संविधान सभा चुनावको रटान दिइरहेका छन् । अब यस भूमीमा जन्मिएका भूमिपुत्र हो मूलबासी मंगोल हो अब हामीले यी १४९५ मा भारतबाट नेपाल भित्री एका हिन्दू आर्यनहरुलाई के गर्ने भनेर सोच्नु पर्ने बेला आएको छ । होइन भने यीनिहरूले नेपाल भन्ने देश मात्र थियो भन्ने बनाउनु भन्दा अब केही बाँकी राख्ने छैन ।

-लक्ष्मण तामाङ

नेपाली केन्द्रीय विभाग(त्रिभुवान विश्वबिद्धालय कीर्तिपुर)

२०७० जेठ ८ गते बुधुबार (पुरानै लेख)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution