शैलुङको ताम्बा पुर्वाञ्चलको धनकुटामा (फोटो फिचर)

वैशाख ७, धनकुटा : ताम्बा तामाङ समुदायको इतिहासकार हुन् । सामाजिक तथा वैवाहिक कार्यमा ताम्बा विना तामाङ संस्कृति अधुरो रहने गरेका छन् । यसैले ताम्बा हाम्रो इतिहासकार हुन् ।
यसैक्रममा दोलखा शैलुङको ताम्बा धनकुटा हिलेमा योञ्जनको चेलिलाई लिन जाने क्रममा । बेलायत (युके) मा नर्सिङ पेशामा कार्यरत सावित्रा योञ्जन र बेलायती सेना धनबहादुर घिसिङले आफ्नै मौलिक परम्परा अनुसार नेपालमा आएर विवाह गरेका छन् ।
उनीहरुले तामाङ विश्वका जुन सुकै कुनामा पुगे पनि आफ्नो मौलिक संस्कृति अमुल्य रहेको प्रतिक्रिया दिएका छन् । यही क्रममा सांस्कृतिक धरोहरका संरक्षक ताम्बालाई पत्रकार अर्जुन पाख्रिनले तामाङ अनलाइनका लागि लिएका फोटो फिचर ।