हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

गोलानहाइटमा भएको इजरायली मन्त्रिपरिषद् बैठक उत्तेजक कार्य

जेनेभा– संयुक्त राष्ट्रसङ्घका लागि सिरियाली राजदूत बसार जफारीले इजरायली मन्त्रिपरिषद् बैठक विवादित भूमि गोलानहाइटमा गरिनुलाई उत्तेजक कार्य भएको प्रतिक्रिया दिएका छन् ।

यो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गैरजिम्मेवारपूर्ण र उत्तेजक गतिविधि भएको छ, जफारीले भने ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले गोलनहाइटमा आइतबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकमा उनले इजरायल गोलानहाइटबाट कहिल्यैँ फर्किने छैन भनेका थिउ ।

इजराएलले सिरियाबाट सन् १९६७ मा छ दिन लामो युद्धपछि करिब १ हजार २०० वर्ग किलोमिटर भूभाग आफ्नो कब्जामा लिएको थियो । युद्धबाट हासिल गरेको गोलानहाइटलाई नियन्त्रणमा लिएको ५० वर्षपछि पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता दिएको छैन । यो भूभाग सिरियाको भएको सिरियालगायत अन्तर्राष्ट्रिय समुदायको दाबी छ ।

गोलनहाइटमा गरेको पहिलो मन्त्रिपरिषद्को बैठकमा इजरायली प्रधानमन्त्री नेतन्याहूले बरू सबैले गोलानहाइट इजरायलकै भएको स्वीकार गर्न अनुरोध गरेका थिए ।

उनले बैठकमा अब अन्तर्राष्ट्रिय समुदायले इजरायली सीमामा जे छ त्यो स्वीकार गर्न र गोलानहाइट इजरायलको भएको मान्न तयार हुनुपर्ने तर्क गरेका थिए ।

प्रधानमन्त्री नेतन्याहूले आफूले अमेरिकी विदेशमन्त्री जोन केरीसँग सिरिया पुरानो अवस्थामा आउन सक्ने विषयमा सम्भावना नरहेको शनिबार बताएका थिए ।

गोलानहाइटको विषयमा इजरायलको दाबी रहिरहने अमेरिकी विदेशमन्त्री केरीलाई भनिसकेको बताउँदै छिट्टै यस सन्दर्भमा सिरियाली राष्ट्रपति बर अल असद र उनको निकट सहयोगी मानिँदै आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बैठकका क्रममा उनले बताएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution