हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लण्डनमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी

uk
लण्डन – १६ अप्रिल २०१६ को दिन प्लमस्टिड, लण्डन स्थित अस्मिता असोसिएट्सको कक्षाहलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङको अक्ष्यक्षतामा यस वर्षको बुद्ध जयन्ती तैयारीका लागि बैठक सम्पन्न भएको छ । समाजका महासचिव अवकाशमा रहेको हुनाले कार्यक्रमलाई समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङले सबैलाई स्वागत गरेर कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको विशेष उद्धेश्य बुद्ध जयन्तीको अवसरमा अब आउने २१ मई २०१६का दिन “बुद्ध नेपालमा जन्मेका थिए” भन्ने नाराका साथ शान्ति पदयात्रालाई सफल पार्ने मूल विषयमाथि छलफल रहेको थियो । भर्खरै नेपाल भ्रमणबाट फर्केका अध्यक्ष, श्रीचन्द्र गुरुङले आफ्नो यस पटकको भ्रमण अत्यन्त फलदायी रहेको कुरा व्यक्त गरेका थिए ।

गतसाल नेपालमा महाभूकम्पबाट क्षतिग्रस्त दुईवटा स्कुलको पुनरनिर्माण क्रमशः लम्जुङ जिल्लाको बाँझाखेत गाविस, भाचोक गाउँ स्थित प्राथमिक विद्यालय र धादिङको एउटा निम्न माध्यमिक विद्यालयका लागि आर्थिक सहयोग प्रदान गरेर पुनर्निमाण कार्य पूरा भएको, दिर्घरोगीहरुको उपचारार्थ आर्थिैक सहयोग गर्ने हेतुले तमुधिं नेपालका लागि एकलाख पच्चीस हजार रकम अक्षयकोष खडा गरिएको तथा विभिन्न ती संस्थाहरुबाट सम्मान गरिएको जानकारी बैठकलाई दिएका थिए । घाचोक गाउँ समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङका पूर्वी लमजुङ स्थित गाउँ हुन जुन गाउँमा महाभूकम्पले ठुलै क्षति पुर्याएको थियो ।

त्यसपछि लगत्तै यसवर्षको बुद्ध जयन्तीका सारथी तथा संयोजक, समाजका सल्लाहकार सुमल कुमार गुरुङले बुद्ध जयन्ती तैयारीका लागि विविध विवरण पेश गरेका थिए । विभिन्न स्थानीय नेपाली संघसंस्थाहरुको सहभागिता रहेको पहिलो चरणको बैठकमा संयोजक सुमल कुमार गुरुङले हल बुकिंग, मेट पुलिसबाट मञ्जुरी, कौन्सिलसंगको पत्रचार, कार्यक्रमको दिन पदयात्राको बाटो तथा त्यसपछिका विवरण सबै पेश गरेका थिए । बृहत छलफल पछि यसपटक भव्यताका साथ शान्ति पदयात्रा सम्पन्न गरिने र यस शान्ति पदयात्रको औचित्य चरितार्थ गर्ने कुरामा सबैले ऐक्यबद्धता जनाएका थिए । यस कार्यका लागि चाहिने आर्थिक सहयोगका लागि पनि संघसंस्थाहरुले प्रत्तिबद्धता जनाएका थिए ।

बैठकको अन्तिम चरणमा अब १४ मई २०१६का दिन सम्पन्न गरिने ग्रिनविच फुटबल कप प्रत्तियोगिताका लागि समाजले अहिलेसम्म गरेको तैयारी विवरण समाजका सहकोषाध्यक्ष तथा नेपालीज युथ ग्रिनविचका अध्यक्ष ह्यारी गुरुङले प्रकाश पारेका थिए । सोही अवसरमा बुद्धजयन्तीका लागि अािर्थक प्रायोजन गर्ने दाताहरुले केहि आर्थिक सहयोग घोषना गरेका थिए । अन्तमा सारादेवी गुरुङ तथा लिला गुरुङले प्रायोजन गरेका स्वादिष्ट डिनर ग्रहण पश्चात बैठक समापन गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution