हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

श्रीमतीबाट कुमारीत्वको अनुभव गर्न सकिनँ

मलाई कुमारीत्व महत्वपूर्ण लाग्छ, तर आफ्नी श्रीमतीबाट यसको अनुभव प्राप्त गर्न सकिनँ जसले गर्दा मेरो मन साह्रै अशान्त छ । उनीप्रति कुनै बेला रिस, घृणा जाग्छ भने कुनै बेला माया लागेर आउँछ । मैले उनलाई यही कुराले धेरै तनाव दिएको छु र आफू पनि तनावमा हुन्छु । म कसरी सामान्य हुन सकुँला ? के कुमारी युवतीको खोजी गरिहिँड्नु उचित हो ?
९४५५

कुमारीत्वको कुरा

विशेष गरेर युवतीहरूको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको एक महत्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि समाजमा छ । विवाहमा कुमार केटालाई कन्या खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भंग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि अर्थात् Virgin भनिन्छ । कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भंग हुनु हो । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भंग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो ।

किन यति धेरै चासो ?

सतही रूपमा अहिले समाजमा व्याप्त मूल्य–मान्यतालाई मान्नैपर्ने वा नपर्ने सन्दर्भमा पनि अनेक कुरा छन्, तर जैविक रूपमा केही गहिरा कुरा पनि छन् जसलाई छोटकरीमा चर्चा गरौं । गर्भनिरोधको कुनै उपाय नभएको र सन्तान कसको हो भनेर थाहा पाउने प्रविधि नभएका बेला पुरुष पूर्ण रूपमा यी कुराको जानकारीका लागि महिलामै भर पर्नुपर्ने स्थिति थियो । पहिलेको जमानामा महिलाको तुलनात्मक रूपमा छोटो प्रजनन् समय भएको स्थितिमा कौमार्य भंग भएका केटीसँग सम्बन्ध गाँस्नुको अर्थ कुनै अर्को पुरुषको बच्चालाई आफ्नो भनेर आफूले हुर्काउने दायित्व लिनुपर्ने परिस्थिति हो । यो धेरै अर्थले अस्वीकार्य स्थिति हो । दोस्रो महत्वपूर्ण कारण, यदि एकपटक अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क राखिसकेको व्यक्तिले फेरि पछि पनि अर्को कुनै व्यक्तिसँग लुकिछिपी यौनसम्पर्क राख्ने सम्भावना बढी हुने मानिने भएकाले पुरुषले सामान्य रूपमा यी कुरा स्वीकार गर्दैनन् । अर्को महत्त्वपूर्ण कारण अर्को कुनै पुरुषसँगको यौनसम्पर्कबाट कौमार्य भंग भएका महिलाले अर्को पुरुषसँग गहिरो सम्बन्ध विकास गर्न नसक्ने विश्वास गरिन्छ । धेरै पुराना यी जैविक आधारले अहिले पनि आधुनिक समाजमा एक हदसम्म पकड बनाएका छन् जुन परिवर्तन गर्न सजिलो नहुन सक्छ ।

समस्या के ?

तपार्इंले कौमार्य सुख प्राप्त गर्न नसक्नु भएको कुरा बुझिएन । तपाईंले किन कौमार्य भंग गर्ने अनुभव प्राप्त गर्न सक्नु भएन भन्ने कुरा पनि स्पष्ट भएन ।

तपार्इंलाई पक्कै पनि थाहा होला, अहिले योनिच्छद भए–नभएको आधारमा कुनै महिलाको कुमारीत्व वा कौमार्यको निर्धारण गर्न सकिने स्थिति छैन । कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ । प्रथम यौन सम्पर्क हुनुभन्दा पहिले नै कतिपय केटीमा शारीरिक क्रियाकलापका दौरान योनिच्छद च्यातिन सक्छ । त्यसैगरी महिनावारीको रगत सोस्न प्याडको सट्टा प्रयोग गरिने Tampon (टयाम्पोन) पनि योनिच्छद च्यातिने कारण हुन सक्छ । अहिले विवाहको उमेर पछिल्तिर धकेलिएको छ, त्यसैले कैयौं किशोरी वा युवतीहरूले हस्तमैथुनको माध्यमबाट आफ्नो यौनेच्छा पूरा गरेका हुन्छन् र कतिपयले औंलाका साथै अन्य वस्तुको प्रयोग गरेका हुन सक्छन् । त्यसैले कतिपय युवतीले हस्तमैथुन गर्ने क्रममा आफ्नो योनिच्छद च्यात्न सक्छन् । कुनै केटी पूर्ण रूपमा कुमारी भए पनि अर्थात् यौनसम्पर्क नै नगरेको भए पनि पहिलो यौनसम्पर्कका बेला पटक्कै रगत नआउन वा कुनै पीडानहुन सक्छ ।

केही युवतीको योनिच्छद निकै लचिलो हुनसक्छ, जुन यौनसम्पर्क राखिसकेर पनि नच्यातिन सक्छ भने केही मुलुकमा अचेल योनिच्छेद च्यातिसकिएको भए पनि शल्यक्रिया गरेर पुन: बनाइने (हाइमेनोराफी) गरेको पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारीत्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।

के म सामान्य बन्न सक्छु ?

तपाईं सामान्य हुन नसक्ने कुरै छैन । तपाईंको श्रीमतीसँगको पहिलो यौनसम्पर्क तपाईंले अपेक्षा गरेजस्तो भएन भन्दैमा उहाँको कौमार्य पहिले नै भंग भएको र अन्य पुरुषसँग सम्बन्ध थियो भन्ने कुनै आधार छैन । त्यसैले तपाईंले श्रीमतीलाई अनावश्यक रूपमा तनाव दिनु वा आफूले तनाव लिनुको कुनै अर्थ छैन । सामान्य बन्न यसरी अनावश्यक रूपमा रुमल्लिनुको सट्टा भावी दिनमा सबै शक्तिलाई केन्द्रित गरेर भविष्य सुखद बनाउने प्रयासमा लाग्नुपर्छ । त्यसो गर्नुभयो भने सामान्य बन्न नसक्ने कुनै आधार रहँदैन । अक्षत योनि कन्या खोज्नुपर्ने कुनै ठोस कारण पनि देखिँदैन । सुखद यौन जीवनको शुभ कामना ।

– डा. राजेन्द्र भद्रा/कान्तिपुर साप्तहिक 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution