तामाङ समुदायको: डम्फु नाँच

विशेषगरि तामाङ जातिका मानिसहरुले नाँच्ने प्रमुख नाँच डम्फु नाँच हो । यसका अतिरिक्त यो नाँच भोटे तथा शेर्पा जातिका मानिसहरुले पनि नाँच्दछ्न् । नाँचको साथमा एक प्रकारको बाजा (बाख्राको छालाले मोडेर गोलो पारी बनाईएको) डम्फू बजाउंदै नाचिन्छ । यो विवाह उत्सव आदिमा नाचिन्छ । एकमात्र बाजा डम्फूको तालमा नाचिने हुँदा यसलाई डम्फूनाँच भनिएको हो । यस नाँच मा २ जना देखी ८/१० जनासम्म पनि नाँच्न सक्छ्न् ।