हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संविधान पुनर्लेखनको माग गर्दै असन्तुष्ट दलहरुद्वारा अवधारणा पत्र सार्वजनिक

तराई केन्द्रित दलहरुले देशका अन्य भागका जनजाति संगठनहरुसंग मिलेर वर्तमान संविधान पुनर्लेखन वा परिवर्तन गर्न माग गर्दै २६ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेका छन्।विगतमा तराई मधेश आन्दोलन हाँकेका सातवटा तराई केन्द्रित दलसहित १७ वटा दल रहेको संघीय गठबन्धनले जारी गरेको उक्त अवधारणापत्रमा तराई मधेशमा दुईसहित पहिचान एवं सामर्थ्यको आधारमा स्वायत्त प्रदेश निर्माणको माग एक नम्बरमा राखिएको छ।आफ्ना माग पुरा नभए राजधानी केन्द्रित आन्दोलन गरिने गठबन्धनका एकजना नेताले बताए।

माघमा अचानक आन्दोलन रोकिएपछि असमञ्जसमा रहेका तराई केन्द्रित दलहरुले अब भने खासगरी पहाडका जनजाति संगठनहरुसंग हातेमालो गर्ने तयारी गरेका हुन्।संघीय गठबन्धन नाम दिइएको १७ पार्टी संलग्न उक्त समूहले सोमबार राजधानीमा गरेको वृहत् अन्तर्क्रिया मार्फत आफ्ना २६ बुँदे साझा अवधारणा सार्वजनिक गरेका छन्।

त्यसमा राजनीतिकका साथै आर्थिक अनि समावेशीताका मुद्दा समाहित गरिएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए।उनले भने, “मुलुकका साझा सवालबारे हिमाल, पहाड, तराई एक ठाउँमा आएर समस्या समाधानको विषयमा अघि बढाउने नै यसको मूल विशेषता हो। तराई विरुद्ध पहाड र पहाड विरुद्ध तराई अनि यो जातिलाई त्यो जाति र त्यो जातिलाई यो जाति विरुद्ध गराउने जुन खेल भइरहेको थियो त्यसलाई समाप्त गरी वास्तविक समस्या सुल्झाउने दिशातर्फ यस अवधारणाले इंगित गरेको छ।”

अवधारणापत्रमा समावेश गरिएका अन्य मागहरुमा राज्यका सबै अंग, तह, निकाय तथा सेवा आयोगहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनुपर्ने रहेका छन्।तराई मधेश आन्दोलनमा व्यापक हिंसा र दमन भएको भन्दै सो सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्वासिलो र स्वतन्त्र न्यायिक छानबिन आयोगको गठन हुनुपर्ने उनीहरुको जिकिर छ।पाँच महिना लामो आन्दोलन विना कुनै सहमति टुंगिएका कारण यसपटक त्यसबेलाका गल्ती र कमजोरीबाट पाठ सिकिएको गठबन्धनका नेताहरुले बताएका छन्।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने, “सीमा नाका धर्ना वा नाकाबन्दीको आन्दोलन अब हामी गर्दैनौं। जनतालाई कमसेकम सास्ती हुने गरी राजधानी केन्द्रित सिंहदरबार घेराउ अनि राज्य सत्ताले छिटो भन्दा छिटो सुन्ने गरी हामी आन्दोलन अघि बढाउँछौं। आम हडताल गरेपनि छोटो समयका लागि र परिणाममुखी हुने गरी हामी गर्नेछौं।”

वैशाखभर जनजागरणका कार्यक्रम गरी अर्को महिना सडकमा उत्रने तयारी भइरहेको उनीहरुले बताए।आन्दोलनलाई तराईमा मात्रै केन्द्रित गर्दा उपलब्धि हासिल नभएको विश्लेषण गरेका नेताहरुले अब भने पहाड र हिमालका जनतालाई समेत साथ लिएर जाने संकेत दिएका छन्।साझा अवधारणामा भूकम्प पीडितहरुको पुनर्वास र पुनर्निर्माणका विषय उठाइएका छन् भने कतिपय बुँदा जनजीविकाका समस्या सम्बोधनमा पनि केन्द्रित छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution