हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपालमा बसोबास गर्ने आदिवासी किराँत: लिम्बु जाति

LIMBHU

लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुंग पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्बी नेपालका पाहाडी क्षेत्र र अझ पुर्बका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ ‘धनुर्धारी’ हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन् |

मौलिक लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।

मानवशास्त्री र इतिहासविद्हरूका अनुसारमानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिकामानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किराँत प्रदेशमा बसोबास गर्न थालेका हुन्। तथापि, यिनीहरू चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराँत गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादरमाबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।

नेपालका आदिवासी जनजातिहरू मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बु एक जाति हो। लिम्बु जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो। संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बुहरूको मुख्य थलो हो। साथै सुनसरी, मोरङ, झापा, तथा काठमाडौंंमा पनि बसोबास रहेको छ। लिम्बुहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। लिपि “सिरिजङ्गा लिपि” हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बु जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ। तैपनि हाल श्री ५को सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रूपमा लिनु पर्दछ।

दश लिम्बुको आवागमन र रीति थीति कइरनमासिक अङ्क ६,माघ २०४८बाट उद्घृत ताइश्यान वंशीहरू नाम्मावबाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए। तिनीहरूले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनीहरूले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे। इसाको छैटौं शताब्दीपछि यहि खामति भन्ने जग्गाबाट दश चिनिया र्सदारहरूले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए। तर यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस)को मैदानमा आइ बसे। त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो। हिन्दुस्तानमा आइ बस्ने मंगोली, शक, कुशान, ग्रीक राजाहरू राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गनिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए। त्यसैले दश चिनिया र्सदारहरूलाई काशी छोड्न कर लाग्यो। यिनिहरू उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए। यी दश र्सदारहरूका नाम यिनै हुन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution