हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

जो देखाता है ओही विक्ता है : ज्योती मगर

स्कुल जीवनदेखि नाच्ने गाउने काममा पोख्त रहनुभएकी ज्योती मगर घरमा काकाहरुले कम्पोज गर्ने गीतहरुबाट प्रभावित भएर गीत संगीतमा लाग्नु भएको हो । उही मुलाको चाना बोलको गीतबाट सुरु भएको उहाँको सांगितिक यात्रा अहिले निकै अघि बढिसकेको छ । दुई दर्जन एल्वम तथा कलेक्सन एल्बममा ६० वटा जति गीत गाएको अनुभव बोकेकी मगरले दुई दर्जन गीतमा मोडलिङ गरिसक्नु भयो । गीत संगीतमा अगाडी बढ्दै गरेकी गायिका तथा मोडल ज्योती मगरसंगको अन्तर्वार्ता :

तपाइँको बाटो भनेको के हो ?

म्युजिक हो ।

ज्योति लोक गायिका की मोडल ?

म गायिका हो । तर पृथक खालको मोडलको रुपमा चिन्छन् । गायिका मात्र हैन कि मल्टी भन्नु पर्छ । एक्टीङ, मोडलिङ, डान्सिङ र हल्का ग्ल्यामर पनि हो ।

तपाइँ हल्का ग्ल्यामर कि पुरै ग्ल्यामर हो ? ज्योती नाङगीने गायिका हो भन्छन् नी ?

हैन । सर्वाङ्ग भयो भनेर सुनेको भन्दा पनि देखेको कुरा बोल्ने हो । त्यसैले अहिले पनि भिडियो हेर्न सकिन्छ । तर मलाई ठिक लाग्छ । आ–आफ्नो इच्छाको कुरा हो ।

सबैले हेर्न मिल्छ तपाइँले गर्नु भएका भिडियोहरु ?

मिल्छ किन नमिल्नु मैले त हेरी रहेको छु । मन नपराउने को छ लु भन्दिनु त ?

तपाइँले मात्र हेरेर हुँदैन होला नी, सबैले हेर्ने खालको छ ? लजाएर मुख छोप्नु पर्ने बाध्यता छ भन्छन्, हैन र ?

त्यसरी मुख लुकाएर हेर्नेगरी मैले केही गरेकै छैन, लजाउनेहरुले मुख छोपेर हेर्नुस् न । तर त्यो पनि हेर्ने र नहेर्ने भन्ने कुरा दर्शकको होला नी । मन छैन भने नहेर्दा पनि त हुन्छ नी । त्यसैले ज्योती मगरले गरेको भिडियोबाट मुख लुकाएर त्यसरी हेर्नुपर्छ जस्तो लाग्दैन । आफूमा डिपेन्ड गर्छ ती कुराहरु ।

सबै क्षेत्रलाई समेट्न सक्दैन कुनैपनि कलाकारले, त्यसैले मैले गरेको काममा स्यावासी दिनेहरु पनि हुनुहुन्छ, नराम्रो भयो भन्नेहरुपनि हुनुहोला । त्यसैले सबैले मेरो भिडियो या गीत मन पराउनु पर्छ भन्ने छैन । मलाई नहेर्नेहरुको लागि हैन मलाई दोहोर्याई दोहोर्याई हेर्नेहरुको लागि नै हो त्यो मैले गाएको गीत र गरेका म्युजिक भिडियोहरु ।

ज्योती मगरले फिल्म गरे हिट हुन्छ भनिन्छ केही योजना छ ? अफरहरु आएका छन् ?

अफरहरु नर्मली आई नै हाल्छ, जुनसुकै काममा पनि मनैदेखि आयो भने मात्र हुन्छ । तर मलाई त्यसरी फिल्म खेल्नुपर्छ भन्ने आएको छैन । जसरी मैले गीत गाउँदा म्युजिकमा आउने पागलपनले गर्दा म्युजिक बिना बाँच्नै सक्दिन भन्नेहुन्छ त्यही भएरपनि मलाई फिल्म खेल्नुपर्छ भन्ने लाग्दैन । तर गीत संगीतमा भने पछि हट्न सक्दिन।

म्युजिक भिडियोमा खेल्दा पनि पागलपन आउँछ ?

त्यो त निर्देशन गर्नेको हातमा हुन्छ । नसिकेरै जानेको कुरा पनि आउँछ गीतमा गाउँदा तर तपाइँ पत्रकार तपाइँलाई जसरी लेख्दा आउँछ मलाई त्यसरी प्रस्तुति गर्दा आउँछ ।

ज्योती मगरको खोजी हुनुको कारण अंग प्रदर्शन गर्ने भएर पनि होला नी ?

कहिले काँही त मलाई त्यस्तै हो कि जस्तो पनि लाग्छ । म पनि सबै कुरालाई नकार्न सक्दिन कतिपय कुरा स्वीकार गर्नुपर्छ । जो देखाता है ओही विक्ता है भन्छन, त्यही भएर पनि हुनसक्छ ।

ज्योती मगरले जे बिक्छ त्यही दिन खोजेको हो ?

ज्योती मगरले मात्र हैन, प्रत्येक मान्छेले नै त्यही गर्छ । हरेक मान्छेले हरेक कलाकारले त्यही गर्छ ।

तपाइँ सांगीतिक जीवनमा आउँदा ज्योतीको के बिक्यो त ?

फस्टमा त मेरो भ्वाईस नै बिक्यो, उही मुलाको चाना, जिम्वाल बाउकी छोरी, पिरतीमा दम छ भन्ने नै बिक्यो शुरुमा त । त्यसैले धेरैले मन पराउनुहुन्छ ।

तपाइँका बुबाआमाले छोरी उत्ताउली भै भन्नुहुन्न ?

मैले त्यसको गीत नै बनाई रहेको छु अहिले ।
छमछम पाउजु, छिनछिन चुरा ओठमा रातो लाली
उत्ताउली भै छोरी भन्दै गर्छिन आमा गाली…….. हाहाहा
मैले यो गीत पनि बनाएको छु । आमाले उत्ताउली भई भनेर गाली पनि गर्नुहुन्छ बेलाबेलामा ।

पारीवारिक सहयोग कस्तो छ ?

ब्यक्तिगत जीवन र पारीवारिक जीवनलाई बेग्लाबेग्लै राख्ने बानी छ मेरो । त्यती धेरै अप्ठेरो अबस्थाको सामना गर्नु परेको छैन । यो मेरो पेशा ब्यवसाय नै हो । तर ढाडे बिरालोको बेलामा चाहीँ मैले अलिकती धेरै नै गुनासो सुन्नु पर्यो घरबाट । तर भिडियो हेरेरभन्दा पनि गलत समाचार दिएर नै मलाई अप्ठेरो पर्ने काम भएको थियो ।

जब हुन्छ नी गीतमा के रहेछ भनेर मेरो ममिले दोहोर्याई तेहेर्याई हेर्नु भएको गीत पनि त्यही हो ढाडे बिरालो । ढाडे बिरालो आएपछि दोहोरी गीत प्रतिष्ठानले पनि धरै एफएम टिभिहरुमा चिठी पढाएर सेन्सर पनि लगाएको थियो ।

ज्योती मगरको रेट के हो ? अन्य कलाकार भन्दा महँगो भन्न थालिएको छ नी ?

कति काम गर्न सकिन्छ त्यही अनुसार अघि बढ्ने हो । त्यो मध्ये पनि म राम्रै पारिश्रमिक लिनेमा पर्छु । त्यही हो, सरदर एउटा कार्यक्रममा जाँदा मैले ५० हजार रुपैयाँ लिने गरेको छु ।

तपाइँले कर तिर्नुहुन्छ ?

कर तिर्दिन । अहिलेसम्म तिरेको छैन अब तिर्ने हो, सबैले त्यही सल्लाह दिनुभएको छ ।

बिहे गर्नुभयो ?

छैन गरेको, अझै तयारी गरेको छैन । तयारी गर्नको लागि केटा पनि भेटिनु प¥यो नी ?

त्यसो भए भेटाउनु भएको छैन ?

त्यसो हैन, भेटिनु र छुटिनु त भई नै रहन्छ नी । भेट्यो–छुट्यो, फेरी भेट्यो–अनी फेरि छुट्यो ।

कस्तो हो तपाइँले खोजेको ?

भन्न लायक केही छैन । म यौङ केटी हुँ, उमेर पुगेपछि पछि लाग्नु त स्वाभाविक नै हो । मेरो पनि मन हो । सबैको मन हुन्छ । मन मार्न सक्दिन । सानो सानो कुराले मन छुने काम गर्ने केटा नै मलाई खुब मन पर्छ ।

घरजम बसाउने योजना त बसाउनु भएको होला नी ?

जीवनमा मैले बिहेलाई त्यती महत्व दिएको छैन । अबको ३/४ वर्षमा गर्छु होला । मैले दिदीको छोराहरु पढाई रहेको छु । ठुलो बाबु ८ कक्षामा पढ्छ, मैले नर्सरीदेखि नै पढाएको हुँ । सानू पनि पढिरहेकोले ४ वर्ष जतिमा त्यो पूरा भएपछि नै मेरो बिहे हुन सक्छ ।

तत्कालका योजना के छ ?

एल्बम गर्दैछु । एल्बम निस्किन छाडेको बेलामा फ्युजन एल्बम निकाल्ने सोच बनाएको छु । अहिले त्यही तयारीमा छु।

सेक्सको अनुभव लिनु भएको छ ?

मैले अनुभव लिन बाँकी केही छैन । सबै कुराको अनुभव लिई सकेको छु । त्यसैले यि बिषय पनि सामान्य नै हुन् । म जसरी हाउडे देखिन्छु, त्यति नै गम्भीर पनि छु । बाहिर हाँस्दा भित्र ढोका थुनेर रुन्छु ।

रुनु पर्ने कारण के हो त ?

यसो छ, सबै कपडा खोल्नेहरुसँग कला हुँदैन भन्ने हैन, म भित्र त्यो खुबी पनि छ । स्टेजमा गएर ज्योती मगरले छोटा लुगा लगायो भन्ने दर्शकले हेर्छन् तर गाउँदा कसरि गायो कहाँबाट गायो, स्वर र लय कस्तो छ ? कति मान्छेले दुःख बिर्सिएर रमाएका छन् भन्ने बुझ्न सक्दैनन् । 

@ उज्जालोअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution