नामिबिया संगको दोस्रो क्रिकेट खेलमा पनि नेपाल विजयी

काठमाडौं, बैशाख ६ गते । कीर्तिपुरमा अहिले भर्खरै सम्पन्न नेपाल तथा नामिबियाबीचको दोस्रो क्रिकेट खेलमा नेपाल तीन विकेटले विजयी भएको छ । कप्तान पारस खडकाले शतक अर्थात् पुरा गरेको यो खेलमा नामिबियाले नेपालका लागि २४० रनको विजय लक्ष्य दिएको थियो ।
निकै संघर्षपूर्ण तथा रोमांचक खेलको अन्तिम दुई बलमा नेपाललाई एक रनको आवश्यक्ता थियो , स्ट्र्काइमा रहेका शरद भेषवाकरले चौथो प्रहार गरि किर्तिपुरमा उपस्थित नेपाली दर्शकलाई ठूलो राहत तथा मनोरंजन दिन सफल भए ।
यस खेलमा पहिलो शतक हानेका पारस तथा शरद भेषवाकरबीच १५० रनको साझेदारी पनि गरेका थिए । यो विजयसँगै नेपाल विश्व क्रिकेट लिगमा नेपाल पाँचौं स्थानमा उक्लिएको छ र नेपालको विश्वकप क्रिकेट खेल्ने सम्भावनाका अंश देखिंदैछ । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो ।