मरेको गाईलाई राष्ट्रिय झन्डा ओडाएर सम्मान

नवलपरासी । राष्ट्रिय जनावर गाई मर्दा नवलपरासीको कावासोतीमा राष्ट्रिय झण्डा ओडाएर सम्मानित शतिगती गरीएको छ । गाईलाई राष्ट्रिय झन्डा ओडाउनु ठिक की बेठिक भनेर सामाजिक संजालमा बहस चलेको छ | भोलिका दिनमा जो कसैले आफुले माया गरेर पालेको घर पालुवा जनावर मरेमा उसले राष्ट्रिय झण्डा स्वतन्त्र रुपले ओडाउन पाउने की नपाउने ? जनावरलाई राष्ट्रिय झन्डा ओडाएकोमा सरकारको के धारणा रहेको छ | यस सम्बन्धि सबैको ध्यान केन्द्रित भएको छ |
कावासोतीको सभापती चोक नजिकै गाडीको ठक्करबाट गहुशालाको एक गाई मर्दा राष्ट्रिय झण्डा र हरेराम लेखिएको कपडाले ओडाएर शतिगती गरीएर पछि गाईलाई खाडल खनेर पुरिएको थियो ।