जेठ ९ गते न्युयोर्कमा ‘नेपाल डे परेड’ , ३ हजारको सहभागिता हुने

काठमाडौँ, वैशाख ६ : आगामी जेठमा न्युयोर्क शहरमा ‘नेपाल डे परेड’ को आयोजना गरिने भएको छ । अप्रिल २२ तारिख अर्थात् जेठ ९ गते न्युयोर्कको म्यानहटनस्थित ‘ब्रोड वे’ मा आयोजना हुने परेडको उद्घाटन न्युयोर्कका डेमोक्र्याट सिनेटर चार्ल्स सुमरले गर्ने लगभग निश्चित भएको आयोजकहरूको भनाई छ ।
न्युयोर्क तथा आसपासका नेपालीहरूको सक्रियतामा उक्त परेडको आयोजना गर्न लागिएको छ । परेडका क्रममा नेपालको कला, संस्कृती, पहिचानलगायतका विविध पक्षबारे प्रवासी नेपालीहरूले आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछन् । उक्त परेडमा करिब ३ हजारको सहभागिता हुने आकलन आयोजकले गरेको छ ।
न्युयोर्कमा नेपालीले आयोजना गर्न लागेको सम्भवत: पहिलो परेडका लागि न्युयोर्कको आधिकारिक निकायले तीन घष्टाको समय स्वीकृत गरेको छ ।
प्रवासी नेपाली मंच, जनसम्पर्क समिति र आदिवासी जनजाती महासंघको संयोजनमा हुन लागेको परेडका लागि हालसम्म न्युयोर्कका २४ वटा संघ संस्थाहरुको सहयोग र समर्थन रहेको बताइएको छ ।
परेडमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको समेत सहयोग रहने बताइएको छ ।