नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको तेस्रो वार्षिकोत्सव भव्यताको साथ सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको ऐतिहासिक तेस्रो वार्षिकोत्सव कार्यक्रम १५ अप्रिल २०१६ शुक्रबारका दिन भव्य र सभ्यताका साथ तेलअविवमा सम्पन्न गरेको छ |
संस्थाका अध्यक्ष डोमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास इजरायलका द्धितीय सचिव आस्था सुब्बा ,बिशेष अतिथि संस्थाका भूपू अध्यक्ष् एवं प्रमुख सल्लाहकार सुन्दर सिंह तामाङ रहनुभएको थियो | यसै गरी अतिथिहरुमा महासंघमा आवाद्ध ८ जातीय संस्थाका अध्यक्षहरु तमु समाज,इजरायलका अध्यक्ष डिक कुमार गुरुङ ,किराँत याक्थुङ चुम्लुङ,इजरायल नेपालका अध्यक्ष नयन इमासोङ ,किराँत राई यायोख्खा नेपाल इजरायलका अध्यक्ष बालकुमार राई,नेपाल तामाङ घेदुङ,इजरायलका अध्यक्ष बी बी लामा तामाङ,शेर्पा संघ इजरायलका अध्यक्ष दावा छिरीङ शेर्पा,मगर संघ इजरायलका प्रतिनिधी बिष्णु पुन मगर ,नेवा खल इजरायलका अध्यक्ष आरोह श्रेष्ठ र ह्योल्मो समाज इजरायलका अध्यक्ष छेसाङ ह्योल्मो लामा लगायत विभिन्न सामाजिक संघसंस्था,राजनीतिक पार्टी र अनलाइन मिडियाका संचालक एवं प्रतिनिधिहरु रहनु भएको थियो |
कार्यक्रममा जातीय पहिचान झल्कने निर्त्य तथा गीतहरु प्रस्तुत गरिएको थियो भने संस्थाको प्रगति प्रतिवेतन संस्थाका महासचिव निर्मला गुरुङ र आर्थिक प्रतिवेतन कोषध्यक्ष सरिन ख्युङबा तामाङ प्रस्तुत गरेको थिए | साथै संस्थाका भूपू अध्यक्ष सुवास राईलाई संम्मान पत्र र कार्यकारी सदस्य पेम्बा छिरीङ शेर्पालाई कदर पत्र द्वारा सम्मान गरिएको थियो | यसै गरी भर्खरै महासंघमा आवाद्ध भएको ह्योल्मो समाज इजरायललाई संस्था आवाद्ध भएको प्रमाण-पत्र प्रदान गरिएको थियो |
कार्यक्रममा सहभागी सबैलाई संस्थाका कार्यकारी सदस्य आङ छिरीङ शेर्पाले स्वागत मन्तव्य राख्नु भएको थियो | कार्यक्रमलाई सम्वोधन गर्दै बिशेष अतिथि सुन्दर सिंह तामाङले सम्पूर्ण आदिवासी जनजातीहरु एक जुट हुँदै जातीय पहिचान र अधिकारको लागि आवाज बुलुन्द पार्नु पर्ने आवश्कतालाई औलाउदै संविधान पुनलेखन् हुनु पर्नेमा जोड दिनु भएको थियो |
प्रमुख अतिथि नेपाली राजदुतवास इजरायलका द्धितीय सचिव आस्था सुब्बाले तेस्रो वार्षिकोत्सव कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु हुँदै जहाँ जता रहे पनि आफ्नो भाषा ,कला तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनु भएको थियो |
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति डोमा शेर्पाले महासंघलाई सबै मिलेर मजबुत बनाउनु पर्नेमा जोड दिनु हुदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु भएका महानुभावहरु र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रमको समापन भएको घोषणा गरेकी थिईन् |
कार्यक्रम संस्थामा महासचिव निर्मला गुरुङ र कार्यकारी सदस्य जीवन थक्लुङ लिम्बुले कुशलतापुर्वक संचालन गर्नु भएको थियो |