इक्वेडरमा शक्तिशाली भूकम्प भूकम्पः कम्तीमा ७७ जनाको मृत्यु

इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ७७ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।उपराष्ट्रपति खोर्के ग्लासका अनुसार प्रारम्भिक रिपोर्टले उक्त संख्यामा मानिसहरुको ज्यान गएको देखिएको छ।देशको तटीय क्षेत्रमा केन्द्रविन्दु बनाइ ७ दशमलव ८ म्याग्निट्युडको भूकम्प गएको बताइएको छ।भूकम्पपछि ६ वटा प्रान्तमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
केन्द्रविन्दुदेखि १६० किलोमिटरभन्दा टाढा पर्ने राजधानी कीटोमा समेत भूकम्पको झट्का महसुस गरिएको अधिकारीहरुले बताएका छन् |ग्वायाकील बन्दरगाह शहरमा एउटा ‘फ्लाइओभर’ क्षतिग्रस्त भएको र अन्य क्षेत्रमा घरहरुमा क्षति पुगेको विवरण प्राप्त भएका छन्।प्यासिफिक सुनामी वार्निङ् सेन्टरले केन्द्रविन्दुको ३०० किलोमिटर क्षेत्रभित्र भयानक तरङ्ग उठ्ने संभावना औंल्याएको छ।