हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नाङसाल क्लब नेपालको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दिर्गा सिंह तामाङ

d2

काठमाडौ ४ वैशाख । नाङसाल क्लब नेपालको तेस्रो अधिवेशनबाट दिर्गा सिंह तामाङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।राजधानीको पुतलीसडकस्थित नेपाल तामाङ घेदुङको हलमा सम्पन्न अधिवेशनले सबै कार्यसमिति निर्निरोध चयन गरेको हो । आगामी कार्यकालका लागि क्लबको उपाध्यक्षमा मिक्साङ वाईबा तामाङ र डुप्साङ तामाङ सर्वसम्मत चुनिएका छन् । यसैगरी महासचिवमा रत्नकुमार दोङ, सचिवमा मिथिला तामाङ तथा राम वि लामा र कोषाध्यमा छत्र तामाङ चयन भएको छ |

लामो समयदेखि तामाङ सहित्यका क्षेत्रमा सक्रिया रहदै आएको यस क्लबको नयाँ कार्यकालका लागि सबै कार्यसमिति निर्विरोध चयन भएका हुन् ।

नेपाल तामाङ घेदुङका नवनिर्वाचित अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डुपसाङ तामाङले क्लबको प्रगाती प्रतिवेदन तथा रत्नकुमार दोङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा बोल्दै घेदुङका अध्यक्ष गोलेले तामाङ समुदायको चेतना जागरणका लागि सबैले निजी स्वार्थ छाडेर समाजको हितमा काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।तामाङ समुदाय अझै पनि समाजिक, राजनितिक र आर्थिक क्षेत्रमा पछाडि रहेको भन्दै उहाँले राज्यको हरेक निकायमा तामाङ समुदायको प्रतिनिधित्व वर्तमान आवश्यकता रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा राप्रपाका सांसद पर्शुराम तामाङ, घेदुङका सचिव पाल्साङ बज्र तामाङ, छारगोङ्मा मासिकका सम्पादक एवम् घेदुङ पूर्व सचिव प्रतिक ङ्यासुर, सन्चारकर्मी सन्चु ब्लोन, गायक विश्व दोङ, जोगलाल तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमितिको घोषणा निर्वाचन मण्डलका तर्फबाट गजलकार खोजराज गोलेले गरेका थिए । निर्वाचन मण्डलमा सन्चारकर्मी तिर्थमान बल, ढकबहादुर घिसिङ रहेका थिए ।

d d1 d3






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution