किराँत याक्थुङ चुम्लुङ इजरायलको तेस्रो बार्षिकत्सब तथा साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति गठन

१७ अप्रिल २०१६ – तेलअविव | किराँत याक्थुङ चुम्लुङ इजरायल,नेपालको तेस्रो बार्षिकत्सब तथा साधारण सभा इजरायलको मोदीन नजीकै रहेको बेनसेमेन पार्कमा विभिन्न कार्यक्रमका साथ भव्यताको साथ अप्रिल १६ शनिबारका दिन सम्पन्न गरिएको छ । सनिबार कियाचु इजरायलका तत्कालिन अध्यक्ष श्री नयन ईङ्समको अध्यक्षता गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका दितिय सचिब श्रीमती आस्था सुब्बा रहनु भएको थियो | कार्यक्रममा बिशेस अतिथि आदीबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्रीमती डोमा शेर्पा , महासंघका प्रमुख सल्लाहकार सुन्दर सिंह लामा तामाङ , अतिथिहरुमा बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु र अनलाईन मीडियाका पत्रकारहरु लगायत इजरायलबासी नेपाली दाजुभाइ तथा दीदीबहीनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। कियाचु इजरायल,नेपालको तत्कालिन अध्यक्ष, प्रमुख अतिथि र बिशेस अतिथिहरुले दीप प्रज्वलन गरि कार्यक्रमलाई औपचारिक उद्घाटन गर्नुभएको थियो।
आगन्तुक पाहुनाहरु लगायत उपस्थित सम्पुर्णलाई स्वागतम गर्दै बर्तमान सल्लाकार तारा लावतीले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको समय अवधिभर याक्थुङ कलाकारहरुले मिश्रित रुपमा चरणबध्द तवरले धान नाच, च्याब्रुङ नाच, लगायत बिभिन्न मनोरन्जनात्मक साथै याक्थुङ पहिचान झल्कने नृत्यहरु प्रस्तुती गरेर कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
तत्कालिन महासचिब सागर तुम्बापोले कियाचु इजरायल,नेपालको बार्षिक प्रतिबेदन र हाल नेपालमा सेवा सुचारू गरिरहेको कियाचु कल्याणकारी कोषको प्रगति बिबरण प्रस्तुत गर्नु भएको थियो भने अर्थसचिब श्री आईन्द्र योङयाले आर्थिक प्रतिबेदन प्रस्ट संगले प्रस्तुत् गर्नुभएको थियो |
शुभकामना मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि, बिषेश अतिथि लगायत अन्य बक्ताहरुले कियाचु इजरायल,नेपालले याक्थुङ पहिचानका निमित्त् प्रवासी भूमिबाट योगदान पुर्याउनुका साथै नेपाल र नेपालीहरुका लागि आफ्नो क्षेत्रबाट विभिन्न सहयोगका साथ सामाजिक सेवा प्रति कार्य पनि संगसंगै बढाउनु भएकोमा प्रसंसा गर्नुभएको थियो।
तेस्रो बार्षिकत्सबलाई समापन गर्ने क्रममा कियाचु इजरायलका तत्कालिन अध्यक्ष श्री नयन ईङ्समले वहांको कार्यकालमा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यबाद बयक्त गन्रु भएको थियो | इजरायलमा कियाचु इजरायल,नेपालको महत्वको बारेमा चर्चा गर्नुका साथै नयाँ कार्यसमितिलाई स्वागत गर्दै सफल कार्यकालका लागी बधाई तथा शुभकामना व्यक्त गर्नु भएको भएको थियो।
केही समय अवधिका लागि चलेको साधारण सभामा निर्बाचन समितिका संयोजक एवं संस्थापक अध्यक्ष श्री प्रताप मादेन लगायतका सदस्यहरुले उपस्थित जनसमुदायहरुसंग प्रयाप्त छलफल ,परिमर्श र राय सल्लाह बमोजीम बहुमतले निर्विरोध नयाँ कार्यसमिति छनौट गरिएको जानकारीका साथ निबर्तमान अध्यक्ष श्री नयन इङसमले नयाँ कार्यसमितिमा चयन भएका पदाधिकारीहरुको नामवली वाचन गर्दै घोषणा गरिएको थियो |
नव निर्वाचित कार्यसमितिको अध्यक्ष – जीबन थक्लुङ लिम्बु ,प्रथम उपाध्यक्ष-प्रबिन आङबुङ लिम्बु,उपाध्यक्षहरु – माया वनेम लिम्बु ,सन्तोष लिबाङ लिम्बु ,पुरन लिम्बु , महासचिब- गीता तुम्बाहाम्फे ,सचिब-अबि कुमार आङदेम्बे, कोषाध्यक्ष-बिष्णु लक्सम ,अर्थसचिब -आईन्द्र योङया,सचेतक-आशा राई लिम्बु ,चन्द्रा हुक्पा चोङबाङ,सदस्यहरुमा सन्जु केदेम ,पुर्ण हुक्पा चोङबाङ, कन्चन बखिम,
प्रिन्सा कन्दङ्वा, मेरीन कन्दङ्वा र जया चेम्जोङ चयन भएका छन् | यसैगरी सल्लाकारहरुमा माया चेम्जोङ , तारा लावती , मैना देबि नेम्बाङ र लक्षु थेबे कन्दङ्वा मनोनयन भएका छन् |
कियाचु इजरायल,नेपालका निबर्तमान सचिब श्रीमती रोहीता लिङदेनले कार्यक्रमलाई कुसलतापुर्बक संचालन गरिएको थियो |