पहिलो खेलमा नेपालले लियो बदला, नामिबिया ५ विकेटले पराजित

काठमाडौं, ४ बैशाख : नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिपमा नामिवियाविरुद्ध शनिबार भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी व्याटिङमा उत्रिएको नेपालले १७ बल बाँकी छदै लक्ष्य भेटाएको थियो । शरद भेसवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शन गरेका छन् । भेषावकर र भण्डारीले ९० रनको पार्टनरसिप खेल्दै जित निकालेका हुन् ।विनोद भण्डारीले पनि अभिजित ४० रन बनाए। ४९ बल खेलेका भण्डारीले ३ छक्का र एक चौका प्रहार गरे। ज्ञानेन्द्र मल्लले र पारस खड्का २१ रनमा आउन भए ।
९९ बल सामना गरेका भेषावकरले ५० र ४९ बल खेलेका भण्डारीले ४० रन बनाए । अर्को खेल सोमबार हुनेछ । खेल जितेपछि दर्शकले नाराबाजी गरेका थिए ।