तामाङ समाज यूएइको वनभोज र भाग्यशाली चिठा कार्यक्रम सम्पन

अवुधावी डेटलाइन
यूएइ, वैशाख ४ : तामाङ समाज यूएइ दुबई क्षेत्रीय समितिले नयाँ बर्ष २०७३ मा आयोजित वनभोज तथा भाग्यशाली चिठ्ठा कार्यक्रम सम्पन्न भएको छ । सपोर्ट माई स्कूल परियोजनाका लागि सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू तथा क्षेत्रीय समितिका पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा विभिन्न ईमिरेट्सबाट पाहुनाहरुलाई नयाँ वर्षको शुभकामना समेत दिएका थिए ।
तामाङ समाज यूएईका महासचिव सनिल घिसिङ लामाले सपोर्ट माई स्कूल प्रोजेक्टमा २०१२ देखि हालसम्म भएका शैक्षिक सहयो( २०१४/२०१५) गतविधि प्रस्तुत गरेका थिए ।
आशा फाउन्डेशनकी संस्थापक अध्यक्ष आशा लामाले समाजको सपोर्ट माई स्कूल प्रोजेक्टको प्रशंसा गर्दै नगद १ हजार दिराम, जेडिआर रियल स्टेट ब्रोकरेज, दुबईकी म्यानेजिङ डाईरेक्टर सीमरन क्षेत्रीले ५०० दिराम, अलफरा एडभर्टाईजिङ एलएलसी देहरा, दुबईका पार्टनर तथा मेनेजर प्रबेश गुरूङले नगद २०० दिराम सहयोग गरेका थिए ।
भाग्यशाली चिठ्ठाका द्धितिय पुरस्कार बिजेता पदम योन्जन र तृतिय पुरस्कार बिजेता निरलाल घिसिङले नगद १०० र १०० दिराम सहयोग गर्नुभएको छ । भाग्यशाली चिठ्ठा समितिका संयोजक तथा दुबई क्षेत्रीय समितिका अध्यक्ष ज्ञानु लामाले स्वागत मन्तव्य दिदै सहयोगी प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तानले नयाँ बर्ष २०७३ को शुभकामना व्यक्त गर्दै प्रवासमा रोजगारका लागि शिक्षाको महत्व र आवश्यकतालाई ध्यान गर्दै सपोर्ट माई स्कूल कार्यक्रमका विषयमा व्रिफिङ गरेका थिए । अध्यक्ष मोक्तानले सहयोगि हातहरु प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
भाग्यशाली चिठ्ठा कार्यक्रम अन्तर्गत सुमन तामाङ (दुबई) ले प्रथम पुरस्कार ७०० दिराम, पदम योन्जन (आबुधाबी) ले द्धितिय पुरस्कार ५०० दिराम र निरलाल घिसिङ (आबुधाबी) ले तृतिय पुरस्कार ३०० दिराम प्राप्त गरेको छ ।
दुबईको जाबिल पार्कमा भएको वनभोज कार्यक्रममा आशा ज्द्ध फाउन्डेशनकी संस्थापक अध्यक्ष आशा लामा, जेडिआर रियल स्टेट ब्रोकरेज, दुबईकी म्यानेजिङ डाईरेक्टर सीमरन क्षेत्री, तामाङ समाज यूएईकी पुर्व सदस्य कर्मा लामा र अन्तराष्ट्रिय नेपाली कलाकार मन्च यूएई आजमान क्षेत्रीय समितिका अध्यक्ष राम तामाङलाई तामाङ समाजका अध्यक्ष मोक्तानले खादाद्धारा स्वागत गरेका थिए ।
समाजका कार्यसमितिले अल ऐन क्षेत्रीय समितिकी सदस्य कुमारी लामा, दुबई क्षेत्रीय समितिका महिला सदस्यहरू दुर्गा लामा, कुमारी तामाङ, बिमला तामाङ, अनिता मोक्तान, रिता लामा, जमुना मोक्तान, सरिता लामाले वनभोज कार्यक्रमा गरेको सहयोगप्रति स धन्यवाद सहित मायाको चिनो प्रदान गरिएको थियो ।