जापानमा फेरि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं ४ बैशाख (एजेन्सी) : जापानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। जापानको कुमामोतोमा शुक्रबार राति ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ठूला भवनहरु, पुल भत्किएका छन् ।
१० किलोमिटर नजिकबाट गएकाले ठूलो क्षति पुगेको छ ।
तर क्षतिको बिबरण आउन सकेको छैन । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । बिहीबारमात्रै यहाँ ६.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ९ जनाको मृत्यु भएको थियो ।
जापानमा सन् २०११ यता शक्तिशाली भूकम्प गइरहेका छन् ।