हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पूर्व सभासद शान्ता चौधरी कक्षा आठमा फस्र्ट डिभिजन

DSC_0006

दाङ डेटलाइन

वैशाख ३, काठमाडौं : एकएक फोनमा ‘बधाइ’हरू आउन थाले । पूर्वकम्लरी तथा पूर्वसभासद शान्ता चौधरी बिहीबार धरानको यात्रामा थिइन् । उनले धन्यवाद फर्काउँदै गइन् । केही बेरपछि उमावि डाँडागाउँ गोग्ली दाङका, प्राचार्य सतीश आचार्यले फोनमा बधाइ सुनाए ‘ल फस्र्ट डिभिजन हुनुभा’छ ।’

त्यसपछि शान्ताले फेसबुकमा लेखिन् ‘मानिसहरू मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हो भन्छन् तर, आठ कक्षा पास गर्नु मेरो लागि मन्त्री बन्नुभन्दा पनि ठूलो सफलता हो ।’ उनले फेसबुकबाटै सहयोगका लागि आफ्ना विद्यालयका गुरुहरू, शुभेच्छुकहरू अनि सञ्चारमाध्यम सबैलाई धन्यवाद दिइन् ।

यसैवर्ष कक्षा आठको जिल्लास्तरीय परीक्षामा सामेल भएकी शान्ताले फस्र्ट डिभिजनमा कक्षा आठ पास गरेकी छिन् । तर, सामाजिक अभियानका लागि धरान जाँदै गरेकी उनले फोनबाटै बधाइका शब्दहरू सुनिन् र, धन्यवाद फर्काइन् अनि फोनबाटै आफू पास भएको थाहा पाइन् । ‘कक्षाका साथीहरूले कसले कति अंक ल्याउनुभयो, त्यो मलाई थाहा छैन, मेरै पनि थाहा छैन’ धरानबाटै उनले फोनमा भनिन् ‘कक्षामा सँगै पढ्ने छोरछोरीभन्दा सानाहरूलाई मैले साथी भन्न पाउँदा मलाई गर्व लागेको छ र, उनीहरूबाट मैले धेरै सिक्न पाएकी छु ।’

विद्यालयमा बिहीबार टाँस भएको कक्षा आठको रिजल्टका अनुसार शान्ताले नेपाली विषयमा ५५, अंग्रेजीमा ७५, गणितमा ४१, विज्ञानमा ७२, सामाजिकमा ६३, स्वास्थ्यमा ३७, नैतिक शिक्षामा ३७, कम्प्यूटरमा ६८ तथा ऐच्छिक विषय(लेखा)मा ३७ गरी जम्मा ५१३ अंक ल्याएकी छिन् ।

DSC_0004

शान्ताले धरानबाटै खुसीका शब्द सुनाइन् ‘धेरैलाई त हाँसो लाग्दो होला नि सभासदले भर्खरै आठ कक्षा पास गरिन् भनेर तर, यो मेरो जीवनको धेरै ठूलो उपलब्धी हो ।’ उनी पास भएको खबर सुनेर कक्षा नौ र कक्षा आठमा पढ्ने उनका छोरा छोरी उनीभन्दा खुसी छन्, अरे । ‘शिक्षकहरू प्नि डराउनु भएको थियो, पास हुन्छ कि नाइँ भनेर जिल्ला स्तरीय परीक्षा थियो, मलाई पनि डर त उस्तै थियो’ उनले भनिन् ‘तर, पढ्ने हौसला उत्तिकै थियो, पढ्न सकेँ पास पनि भएँ, यही विद्यालयबाट एसएसलसीको सर्टिफिकेट पनि पाउने लक्ष्यमा छु ।’
अब उनी कक्षा नौमा भर्ना हुनेछिन् । पढ्ने अभिलाषाले ओतप्रोत भएकी उनले भनिन् ‘पढ्नलाई उमेरले छेक्छ र ? ’ पढ्ने उमेर कम्लहरीमै बित्यो । अर्काको घरमा भाँडा माझेरै बित्यो । बीचमा राजनीतिमा छिरिन्, सभासद पनि भइन् । अहिले सामाजिक सेवाबाट बचेको समय पढ्न सुरु गरेकी छिन् ।

कम्लहरी जीवनबाट एकैपटक सभासद् बनेकी दाङ लक्ष्मीपुर गाविसकी शान्ता चौधरी आधवैशे उमेरमा बल्ल स्कूल छिरेकी छिन् । कुनैबेला थियो, गाउँमा उनका साथीसंगीहरू उनकै अघि स्कुलतिर दौडिरहेका हुन्थे । उनका आँखा अनि मन त उनीहरूसँगै दौडिन्थ्यो तर, उनका हातमा किताबको झोला होइन, जुठा भाँडा हुन्थे । गोठको गोबर हुन्थ्यो । मन थाम्न सक्दिन थिन् । दौडिएर स्कुलको झ्यालमा गएर कान थाप्थिन् । पढेको सुन्थिन् र आएर पिठ्यूमा बोकेका जमिन्दारका बच्चालाई त्यही सुनेको पढाईलाई लोरी गाउँथिन्, बच्चा निदाउँथ्यो ।

DSC_0006

उनी कम्लहरी नै थिइन् । केही समयपछि उनको बिहे भयो । गाउँ“मा प्रौढ शिक्षाको सुरुवात भयो । अनि उनी पनि भर्ना भइन् । कखरा सिकिन् । नामसम्म लेख्नसक्ने भइन् । चिठीपत्र लेख्ने र पढ्ने पनि भइन् । तर, स्कूल जाने धोको मनमनै थियो । समय बित्दै थियो । एकाएक उनी सभासद् भइन् । पहिलो संविधानसभाको निर्वाचनपछि दाङबाट नेकपा एमालेले उनलाई समानुपातिकबाट सभासद् बनायो । संविधानसभाका करिब चार÷पाँच वर्ष उनलाई पढाई निकै खट्कियो । ‘त्यो बेला धेरै पढाई खट्किएको थियो’ त्यसपछि पढ्नुपर्छ भन्ने लागिरहेको थियो, अहिले आएर स्कूल भर्ना भएँ र पास पनि भएँ’ उनले भनिन् ।

भर्खरै दुई/दुईवटा क्यान्सरलाई जितेर नयाँ जीवन सुरु गरेकी पूर्व कम्लहरी अनि सभासद् शान्ता भन्छिन् ‘अब कम्तीमा यही स्कुलबाट एसएलसीको प्रमाणपत्र लिनेगरी भर्ना भएकी हँु, त्यो माथि पढ्न पाए त अझैँ राम्रो ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution