नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको तेस्रो बार्षिकउत्सब मनाउने तयारी पुरा

नेपाल आदिवासी जनजाती महासंघ,इजरायल द्वारा मनाउन गईरहेको ऐतिहासिक तेस्रो बार्षिकउत्सब कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको संस्थाकी महासचिव निर्मला गुरुङले जानकारी दिनु भएको छ |
भोलि १५ अप्रिल २०१६ साँझ ठिक ६:३० बजे देखि तेलअविव स्थित यशोधमला घर नं.२० मा रहेको हलमा कार्यक्रम शुरु हुने भएको छ | संस्था द्वारा महासंघमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागीको लागि हार्दिक निमन्त्रणा गरेको छ |
साथै महासंघमा आवाद्ध जातीय संस्थाका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो जातीको पहिचान झल्काउने भेषभुषामा उपस्थितको हार्दिक अनुरोध गरेको छ |