नेपालको उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने:शेर्पा जाति

शेर्पा जाति नेपालका उच्च हिमाली क्षेत्रका जातिगत समूह हुन्। शेर्पा शव्द तिब्बती भाषाको शार (पूर्व) र पा (मानिस) शब्दहरू मिलेर बनेको हो। शेर्पाहरू पूर्वी तिब्बतबाट नेपालमा पछिल्ला ५०० वर्षहरूमा बसाईँ सरेर आएको भन्ने मानिन्छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ। प्याङ्गबोचे नेपालका शेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। तर यो भाषा भोटे (तिब्बती) भाषाभन्दा फरक छ तर पनि कुनै-कुनै भाषा भोटे (तिब्बती) हरु संग मिल्न जान्छ।
शेर्पाको ईतिहासको बारेमा परपूर्वकालदेखि नेपालको विभिन्न भू–भागमा वसोवास गर्ने शेर्पा जातिहरू राज्यको विभिन्न निकायबाट पछि पारिदै आएको छ । विश्वको इतिहासलाई नियाल्दा परपूर्वकालदेखि नै नेपालको विभिन्न भू भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाईन्छ । विशेष गरि हिमाली क्षेत्रलाई आफ्नो बसोवास थलोको रूपमा मनपराई हिमाली भू–भागमा बसोवास गरेका शेर्पा जातिहरूको विशेषता चिन र तिव्वत सँग जोडिएको भूभागमा वसोवास गरेको हुदाँ शेर्पा जातिलाई अन्य उपल्लो जातिका मानिसहरूले तिव्वततियन वा भोटबासी (भोटे) भन्ने प्रचलन छ ।
बौद्धहरूको विश्वास अनुसार तिब्बतीहरूको बसाइँसराई साङ्ग्री-ला को खोजीको लागि थियो । शेर्पाहरू फिरन्ते तिब्बतीहरू थिए रे जो सर्वप्रथम नेपलको सोलुखुम्बू (खुम्बू) जिल्लामा आएर बसे अनि बिस्तारै पश्चिमतिर सर्दै गए । जुन बाटोबाट नूनको व्यपार हुन्थ्यो । जनश्रूति अनुसार विभिन्न समयमा चार समूहहरू बसाइँ सरेर आए रे जस अनुसार शेर्पाका चार वर्ग (गोत्र/समूह) हरू : मिन्याग्पा, थिम्मी, सर्तावा र चावा हुन गए |
सगरमाथामा पहिलो पटक पाईला टेक्ने तेन्जिङ नोर्गे शेर्पाले सगरमाथमा पहिलो पटक पाईला टेकेपछि मात्र नेपालका शेर्पाहरूलाई शेर्पा भनेर भन्न थालेको भन्ने भेटिन्छ तर यर्थाथ र ईतिहासमा के प्रमाणित छ भने नेपालमा प्राचिन कालदेखि नै आफ्नो आदिपत्यता जमाउदै आएका शेर्पाहरूलाई तत्कालिन शासकहरूले तिव्वतियन शरनार्थीको उपमा राखी नेपालबाट नै विस्थापित गर्न खोज्नु र राज्य संचालनको महत्वपूर्ण स्थानसम्म पुग्न नदिनु नै हो ।
मानव जातिको विकास सँगै नेपालमा नै बसोवास गर्दै आएका शेर्पा जातिहरू तत्कालिन राजा मानदेव, लिक्षिवी राजा देखि तत्कालिन बाईसे र चौविसे राज्यका बेला पनि राज्य संचालन तथा राज्य सञ्चालकको पहरेदारको रूपमा रहेको पनि ईतिहासहरूमा पाईन्छ । जातिय रूपमा शिदा र सोझा शेर्पा जातिहरू त्यस वेला देखि नै अन्य टाठाबाठाहरूले दासको रूपमा प्रयोग गर्दै विभिन्न चर्को तथा गाह्रो काम तथा भूभागमा पठाउने गरेको भन्ने ईतिहासमा प्रमाणित छ ।
पशुपालन तथा चिसो भु भागमा बसोबास गर्न रुची राख्ने शेर्पा जातिहरू अझै पनि सोही पेशा अंगालेर बसेका छन् भने युगको आधुनिकता सँगै अन्य उपल्लो जातिले झैं राज्यको विभिन्न निकायमा आफ्नो जातिय अस्तित्व र पहिचानको लागि संघर्ष तथा संलग्नता देखाउदै आएका छन् । नेपालका सोलुखुम्वु, ओखलढुंगा, रामेछाप,सिन्धुपाल्चोक , संखुवासभा, भोजपुर, मुस्ताङ, दोलखा,खोटाङ, ताप्लेजुङ, दाचुर्ला, लगायतका जिल्लामा बसोवास गर्दै आएका शेर्पा जातिहरू भने हाल नेपालको राजधानी काठमण्डौ, नेपाल गञ्ज, सुनसरी,धरान लगायतका शहर र विरटनगरमा पनि बसोवास गर्दै आएका भेटिएको छ । आर्थिक हिसावले सवाल शेर्पा जातिहरूको शैक्षित स्तर भने अति न्यून रहेको पाईन्छ नेपालको परिप्रेक्षमा अध्ययन अनुसन्धानहरूका अनुसार शेर्पाहरूले आफ्नो सांस्कृतिलाई लत्याई रहेको र दिन दिनै आफ्नो संस्कारलाई लोप पार्दै लगिएको भन्ने प्रष्ट हुन्छ । पश्चिमेली संस्कार संस्कृति भित्रिएका कारण पनि शेर्पाहरू आफ्नो पहिचान र लिपीहरू विर्सदै गएको र परम्परालाई तोड्दै गएको पाईन्छ ।