हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालमा को को हुन् आदिवासी र जनजाति ?

Kumar-Yonjan

नेपालमा केही समय अघिदेखि आदिवासी जनजातिका वारेमा पुनः बहस उठेको छ । खास गरेर नेपालमा रहेका बाहुन, क्षेत्री र दशनामी समुदायले समेत आफूलाई आदिवासीमा सूचिकरण गर्न माग गरेपछि यो छलफल पुनः अघि बढेको हो । अतः यस विषयमा अरु छलफल गर्नु र प्रष्ट हुन जरुरी छ ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् । यसरी आदिवासी जनजातिको पहिचान गर्दा प्रतिष्ठानले समुदायको निम्न चरित्रलाई आधार बनाएको थियोः

क, जसको आफ्नो अलगै सामुहिक साँस्कृतिक पहिचान छ,

ख, जसको आफ्नो भाषा, धर्म, परम्परागत रितिरिवाज र संस्कृति छ,

ग, जसको आफ्नो लिखित वा अलिखित इतिहास छ,

घ, जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ,

ङ, जसको आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका छैन ।

छ, जुन समुदायभित्र हामी भावना छ,

ज, जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ, र

झ, जो चार वर्णको हिन्दू वर्णाश्रम व्यवस्थाभित्र पर्दैन र जो आफूलाई जनजाति भनी दावी गर्दछन् ।

अन्तर्राष्टिय जगतमा समेत आदिवासी को हुन् भन्नेवारे कुनै एउटै परिभाषा बनेको छैन । तर विभिन्न देशको अनुभव र अध्ययनको आधारमा विभिन्न चरित्रहरुको किटान चाँही अवष्य गरिएको छ । खास गरेर आइ एल ओ १६९, विश्व बैंक, युरोपिएन युनियन, एशियाली विकास बैंक, राष्टसंघीय विकास कार्यक्रमहरु लगायतका संयुक्त राष्टसंघीय अन्तर गैरसरकारी निकायहरुले यसवारे आफ्नो धारणा बनाएका छन् । विश्वका विभिन्न मुलुकहरुमा आदिवासी स्वशासनको अभ्यास पनि भइरहेका छ्न् ।

नेपालमा सबभन्दा पहिले २०४७ सालमा नेपाल जनजाति महासंघको स्थापना भयो । त्यस्को परिमार्जित विधान २०५१ का अनुसार “जनजाति भन्नाले हिन्दू बर्णश्रम संरचनाभित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातिहरुलाई जनाउँछ ।” त्यस्तै गरेर २०५२ सालमा सम्पन्न “नेपालका आदिवासीहरुः स्वपहिचान र पुर्नस्थापनातिर” नेपालका आदिवासीहरुवारे राष्टिय परामर्श गोष्ठी” ले “आदिवासी र जनजाति पर्यायवाची शव्द होइनन् तर नेपालको सन्दर्भमा अधिकांश जनजातिहरु आदिवासी देखिन्छन्” भनेको छ ।

विश्व बैंकले सन् १९९१ मा आदिवासीको चरित्रको उल्लेख गर्दै भनेको छ, आफ्नो पुख्र्यौली भूमि तथा प्राकृतिक श्रोतसाधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई भिन्न समुदायको भनी दावा गर्ने तथा अरुले पनि सो को समर्थन गर्ने, राष्टिय समुदायको भन्दा भिन्न भाषा भएका, आफ्नो परम्परागत सामाजिक एवं राजनैतिक संस्थाहरु भएका तथा गुजारामुखि उत्पादन प्रणाली भएका समुदायहरु आदिवासी हु्न् ।

संयुक्त राष्टसंघका आदिवासी विशेष प्रतिवेदक (र्‍योपोचिएर) मार्टिनेज कोवोका अनुसार आदिवासी भन्नालेः सारमा आदिवासी ती हुन्, जसको ऐतिहासिक निरन्तरताको कडी छ जो अतिक्रमण पूर्व वा उपनिवेश हुनु पूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रुपमा दावा गर्छ र जो आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रियाद्धारा चलेका छन् ।

आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धी आइ एल ओ १६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजातिको परिभाषा यस्तो छ :

क, स्वतन्त्र देशका ती जाति जसको राष्टिय समुदायको भन्दा अलग सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पुरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानून नियमहरुद्धारा परिचालित छ ।

सो अनुसार आदिवासी भन्नाले :

क, माथि उल्लेखित भएका बुँदाहरुका अतिरिक्त कुनै विशेष क्षेत्रमा ऐतिहासिक रुपले निरन्तर बसोवास गरिरहेका वा अरु समुहहरुले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा वा वर्तमान राज्यको सिमा बन्नुभन्दा पहिलेदेखि बसोवास गरिरहेका समुदाय आदिवासी हुन् । जो, आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरुद्धारा परिचालित छ्न् ।

यसवारे आइ एल ओ १६९ को निर्देशिकाले अझ प्रष्ट गर्दै भनेको छः

१, ऐतिहासिक निरन्तरता (आधुनिक राज्य बन्नु अघिको) २. भौगोलिक सम्बद्धता, जहाँ उनका पूर्खाहरु रहेका थिए । र, ३, भिन्न सामाजिक, आर्थिक, साँस्कृतिक एवं राजनैतिक संस्थाहरु ।

माथिको विश्लेषणबाट आदिवासी हुनका लागि ३ तत्व अनिवार्य आवश्यक हुन्छ :

क, विद्यमान राष्टिय समुदाय (नेपालमा राष्टिय समुदाय भनेको क्षेत्री, ठकुरी र बाहुन समुदाय नै हुन्) को भन्दा भिन्न भाषा, संस्कृति, लिखित अलिखित इतिहास र परम्परागत जीवनपद्दति हुनु अनिवार्य छ ।

ख, त्यस्तो समुदायको ऐतिहासिक थाकथलो भएको हुनु र सो आधुनिक राज्य निर्माण हुने क्रममा अतिक्रमित भएको हुनु अनिवार्य छ ।

ग, वर्तमान अवस्थामा राज्यको मुलधारभन्दा बाहिर रहेको र उत्पीडन र बहिस्करणमा परेर सिमान्तकृत समुदायको अवस्था भोगिरहेको हुनु अनिवार्य छ ।

नेपालको सन्दर्भ

यी ३ मुख्य बुँदामा टेकेर विश्लेषण गर्दा नेपालको सन्दर्भमा आदिवासी को हुनसक्छ र सक्दैन भन्ने कुरा आफै प्रष्ट हुन्छ । आदिवासी अवधारणा मुलतः राज्यको लामो उत्पीडन र विभेदका कारण एउटै देशभित्र पनि औपनिवेशीकरणमा पारिएका समुदायको उन्मुक्तिसँग गाँसिएको अवधारणाका रुपमा आएको हो । दक्षिण तथा ल्याटिन अमेरिकामा यो अवधारणाको विकास हुँदा बाहिरबाट आएकाले त्यहाँका आदिवासी जातिमाथि शासन गरेको विरोधमा शूरु भएको थियो ।

नेपालमा पछिल्लो समयमा आफूलाई आदिवासीको दावा गर्ने समुदायहरुले यसवारे आफ्नो धारणा बनाउँदा र सरकारले पनि आफ्नो धारणा बनाउँदा उपयुक्त आधारमा बनाउन उचित हुन्छ । किनकी हाम्रा मान्यताहरु अन्तर्राष्टिय कानूनसँग बाझिनु हुँदैन किनकी ती सन्धी र घोषणापत्रको नेपाल पक्ष राष्ट हो । अहिले बहस भइरहे झैं ऐतिहासिकताको आधारमा मात्र आदिवासीको विश्लेषण गरिनु, उपयुक्त विश्लेषण होइन ।

ऐतिहासिकताको मात्र कुरा गर्ने हो भने भारतमा हिन्दू आर्य समुदाय तथा चीनमा हान जाति सम्भव त पुरानो जातिमा पर्दछन् तर पनि उनीहरु भारत र चीन दुबै देशमा आदिवासी मानिँदैनन् । यसको मुख्य कारण पनि यही हो ।

आज पहिचानको आवश्यकता तिनै जाति समुदाय, जसको ऐतिहासिक विभेदका कारण वर्तमानमा आइपुग्दा आफ्नो पहिचान हराएको छ, तिनलाई चाहिएको हो । यसतो अस्थामा जसले सामन्ति सत्ताको निर्माण गर्दै राष्टिय समुदायको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका समुदाय छन् तिन्ले ती उत्पीडित जाति वा समुदायको पहिचान स्थापित गर्न सहयोग गर्नुपर्दछ, विरोध गर्नु स्वाभाविक रुपमा अन्यायपूर्ण हुन्छ । यहींनेर बर्गीय पक्षधरताको कुरा मुख्य हुँदो रहेछ र यो वर्गसंघर्षसँग अभिन्न रुपमा जोडिँदो रहेछ ।

-कुमार योन्जन तामाङ
(अनलाइनखबरमा २०७० असोज ९ गते प्रकाशित लेख )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution