अदालत भित्र न्यायाधीशको सामु प्रत्यक्ष ह्यान्ड ग्रिनेड विस्फोट

पाकिस्तानमा मुद्दाको सुनुवाई भइरहँदा न्यायाधीशले बम कसरी पड्कियो भनेर सोधेको प्रश्नको उत्तर दिँदै एक प्रहरीले अदालतमै ग्रिनेट पड्काएका छ्न् । कराचीको अदालतमा एक आतंकवादी हमलासँग जोडिएको घटनाको मंगलबर सुनुवाई चलिरहेको थियो । त्यो बेला न्यायाधीश शकील हैदरले पुलिसका हवलदार आबिद अलीलाई सोधे, ’ह्यान्ड ग्रिनेड कसरी विस्फोट हुनछ ?’
न्यायाधीशको यो प्रश्नको जबाफ दिँदै हवलदार आबिद अलीले ग्रिनेड विस्फोट भएको लाइभ डेमो देखाउँदै इजलासमै प्रमाणका रुपमा ह्यान्ड ग्रिनेडको सेफ्टी पिन निकालिदिए । यस पिनलाई निकाल्ने वित्तिकै ग्रिनेड अदालत थर्काउँदै विस्फोट भयो । ग्रिनेड विस्फोट हुँदा यो मामिलाको सुनवाई गरिरहेका न्यायाधीश शकिल हैदर आफ्नो कुर्सीबाट हावामा उछिटिँदै भुइँमा पछारिए ।
यो घटनाका क्रममा अन्य तीनजना पनि घाइते भए । अदालतमा विस्फोटपछि आतंकवादी आक्रमण भएको आशंकामा भागदौड मच्चिएको थियो । एजेन्सी