तामाङ जातीको : छेवर संस्कार

तामाङ जातिमा छेवर महत्वपूर्ण संस्कार हो | भान्जाको दिर्घायु र कर्म चलाऊन मामा द्वारा कपाल खौरने कर्मलाई (छेवर)भनिन्छ | यस लाई (क्रा ब्रेबा) भनिन्छ | छेवर सक्नेले मामा डाकी र नसक्नेले मामाको घरमा गएर बिधिबिधानपूर्वक गर्ने प्रचलन छ |
छेवर कार्य सम्पन्न गर्दा बिशेष चाडपर्ब र उत्सबहरुका साथै सोमबार वा बुधबार बिजोर बर्ष पारी गर्ने गर्दछ | जोर बर्षमा छेवर गरे अशुभ हुन्छ भन्ने तामाङ जातिमा धारणा छ | प्राय: चैत्र, साउन, भदौ र पुष महिनामा छेवर गरिदैन | त्यस्तै आईतवार जन्मबार, जन्म महिना र बाघ बर्षमा छेवर गरिदैन |
छेवर कम्तिमा तीन बर्ष र बढीमा ११ बर्ष भित्र लामा द्वारा साइत हेरेर गर्ने गरिन्छ | जोर बर्षमा आमाले गर्वधारणा गरेमा, मिर्त्यु शोक परेमा घेवा सम्पन्न नभए सम्म छेवर गरेमा अशुभ हुन्छ भन्ने धारणा छ | छेवर गर्नु पूर्व भान्जाले कपाल काट्नु हुँदैन भन्ने मान्यता छ | कथंकदाचित केही गरी छेवर गर्न ढिलो भईहाल्यो भने पनि विवाह पूर्व अनिवार्य रुपमा गर्दछ्न | छेवर कार्य मामा सँग सम्बन्धित भएको हुँदा मामाको समय अनुकुलतामा यो संस्कार गरिन्छ | छेवर गर्दा सर्बप्रथम भान्जा खलकले (म्हेनिङ डाङ) दशै कोसेली लिएर मामा कहाँ जाने गर्दछन | यसरी कोसेली लानुको अर्थ मामालाई भान्जाको छेवर हुँदैछ भन्ने सङ्केत गर्नु हो | यसलाई (आस्यङ खि:बा डाङ) पनि भनिन्छ |
यस्तो कोसेली पाएपछि धेरै मामा खलकहरु एक आपसमा भान्जाको छेवर कुन महिना,कुन दिनमा गरिदिने भनेर सरसल्लाह गर्दछन भने अर्कोतिर कुन कोसेली लैजादा मामाको आर्थिक स्थिती र गाउँठाउँको प्रचलन हेरेर लैजाने गरिन्छ |सामान्यतया मामा कहाँ लगिने कोसेलीहरु तीन प्रकारका हुन्छन :
(क) नागा डाङ (कुखुरा कोसेली)
(ख) रा डाङ (बाख्रा कोसेली)
(ग) मुइ डङ (भैंसी कोसेली)
कतै मामाहरु नै उल्लेखित कोसेली माग गर्दछन् | मामाले कोसेली माग गरेको भए सोही अनुसार लग्ने गरिन्छ | मामा कहाँ लगेकै दिन छेवर मामा कहाँ गर्ने कि भान्जाको घरमा गर्ने भन्ने र तिथि मिती तय गरिन्छ | त्यसपछि भान्जा कहाँ छेवर गर्ने भए मामा कहाँ सगुन पोङ पठाएर मामाहरु धेरै भए कति जान आउने ? कहाँ सम्म लिन आउनुपर्ने हो ?निश्चित गरिन्छ | अनि घर तर्फबाट छेवरमा उपस्थित हुन हाड नाता, इस्टमित्र, गाउँले छरछिमेकीहरुलाई निम्ता गरिन्छ |
सामान्यतय छेवरमा आउँदा निम्तालुहरुले नाताका आधारमा सगुन कोसेली र पर्मा स्वरुप केही दस्तुर लिएर आउंछन | यसरी पर्मा हाल्दा भने १३ दिने दाजुभाइहरुले दुई पाथी मकै वा चामल र एक भारी दाउरा लानु पर्ने प्रचलन छ | छोरी चेली र इस्टमित्रले नाता हेरी सगुन स्वरुप कम्तिमा कुखुरा कोसेली लाने परम्परा छ | गाउँले निम्तालु पाहुनाहरुले केही रकम पर्मा स्वरुप हाल्ने गर्दछ | यसरी हलिएको पर्मा कोसेली र दस्तुरहरु छेवर घरमा गरेमा वा निम्ता गरेमा अरुको छेवर पर्मा फिर्ता गर्ने प्रचलन छ | मामाघरमा आफु खुसी निम्तो नगरी गरेमा पर्मा फिर्ता नगर्ने चलन छ |
घरमा छेवर गर्दा मामा र मामाखलक सामान्यतया फेटा, टोपी, एउटा गाग्री, एउटा कचौरा र एक सरो लुगा कम्तिमा लानु पर्ने प्रचलन छ |धुमधामसँग भान्जाको घरमा छेवर गर्दा भने मामा वा भान्जा खलक दुबै धनी भए भान्जालाई सुनको सिक्री, औठी , तामाको फोसी, बाटा लाने गरिन्छ | त्यसतै छेवर गर्नका लागि मामालाई जुन प्रकारका कोसेली लगिन्छ| सोही प्रकारको मुल्य पर्ने उपहार सामाग्रीहरु मामाहरुले लाने प्रचलन छ त्यसै गरी बिदाबादिमा पनि मामालाई ल्याएका सगुन, कोसेली र सामाग्री अनुसार बराबर पर्ने गरी फिर्ता गर्ने प्रचलन छ | यसको वापत छोरी चेलीले मामा पुर्याउन जाँदा बाख्रा, भैंसी आदी कोसेली लाने प्रचलन छ | मामाको घरमा गर्ने छेवरमा मामाको खुशीले भान्जालाई गाग्री,थाल,कचौरा र एकसरो लुगा शिर देखि पाउ सम्मका (जुत्ताधरी) दिने प्रचलन छ |
छेवर कार्यमा बिशेष कपाल खैरने कार्य
शुभ साइत पारी कार्य आरम्भ गरिन्छ | छेवरको दिन बिहानै बालकलाई सफासुग्घर नुहाइ गरी केश काट्ने तयार गरिन्छ | मामा र भान्जालाई पुर्व फर्कएर बसाइन्छ | मण्डपमा मामाले आसन ग्रहण गरेपछि एकपटक सगुन रेम बाँडिन्छ | भान्जा भन्दा ठीक पछाडि भान्जी चेलीहरुले टपरी माथि सेतो कपडा राखेर कपाल थाप्न बस्दछन् | कपाल भुईमा पर्न दिनु हुँदैन भन्ने धारणा छ | निम्तालु र आफ्न्तहरु पनि छेवार मन्डप वरीपरी बस्दछन् |
त्यसपछि छेवर गर्ने बच्चाको आमा बुवाले भुम्बाको कलशलाई पूजा गरेर छेवार मन्डपलाई भित्र पारी तीन पटक घुम्दछन् | बाबुले अघिअघि धुपौरोमा स्युक्पा (धुपी) धुप र बत्ती लिएर सोको पछि पछि आमाले भुम्बाको टुटिबाट पानीको धारा नटुटाइ तीन पटक घुम्दछन् |
भान्जाको दशाग्रह जाओस् र छेवार कार्यमा कुनै बिध्नबाधाहरु नआओस् भनेर मामाले ग्रह शान्तिको लागि पूजा गर्दै भान्जालाई कुखुराको फुल र बत्तीहरुले मन्छाएर दोबाटोमा वा मन्डपको चारै सुर र मध्यभागमा राख्ने गरिन्छ |
पुन: एकपटक छेवरमा उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई सगुन रेम दिइन्छ | त्यो भान्जाको कपाल काट्ने कार्य प्रारम्भ गर्नका लागि अनुरोध स्वरुप प्रदान गरिन्छ | साथै भान्जालाई पनि सगुन स्वरुप दही र केरा खाना दिइन्छ |
त्यसपछि भान्जाको कपाल भिजाइन्छ र मामा-भान्जाको मुखमा दुबोको झुप्पोहरु राखिन्छन् | गान्बाहरुले भान्जाको कपाल खौरने आदेश दिएपछि मामाले भान्जाको दाहिने तिरको कन्सिरको केही रौ राखेर कपाल टुपी नराखीकन खौरने गर्दछन् | यसरी कन्सिरको रौ राख्नुको अर्थ आफ्नो कपालको बिज राख्नु हो |
कुनै भान्जाको मामाहरु एक भन्दा बढि भए जसको नामबाट साइत जुर्दछ उसैको नामबाट कपाल काटी खौरने कार्य गर्दछन् भने प्राय: जेठो मामा द्वार नै कपाल खौरने गरेको पाईन्छ | त्यस्तै सहोदर भान्जाहरुको छेवार गरेको भए कपाल खौरद एकले अर्कालाई देख्नु हुँदैन भन्ने धारणा छ | त्यसैले सहोदर भान्जाहरुको कपाल मामाले खौरद सेतो कपडाले छेक्ने गरिन्छ|
भनिन्छ, त्यस दिनदेखि भान्जा बौद्ध संस्कार अनुसार बौद्द धर्ममा प्रवेश गर्दछन | त्यसैले छेवार लाई (टाप्च्यो) पनि भनिन्छ |बौद्द धर्म अनुसार टाप्च्यो भनेको बौद्द शासनमा प्रवेश गर्नु हो | कसै कसैले लामा रिम्बोर्छेहरुबाट पनि टाप्च्यो गराउने गर्दछन् | तामाङ समाजमा मामाले भान्जाको कपाल काट्ने अवसरमा गाउंका दमाईहरुले बाजागाजा बजाउने र बन्दुक पड्काउने गर्दछन् |
छेवर गर्दा खौरिएको कपाललाई कचौरा वा टपरी माथि सेतो कपडा राखेर भान्जी चेलीहरुले भुइमा पर्न नदिएर थाप्ने गर्दछन | यसैले तामाङ समाजमा छेवार संस्कारमा तामाङ चेली नभई हुँदैन |
अनि उक्त कपाललाई लामा द्वारा ठुई (चोखो) गरी छेवर सम्पन्न भएपछि चोखो ठाउंमा राख्ने गरिन्छ | कसै कसैले थापिएको कपाललाई सेतो कपडाले बाँधेर जिबन पर्यन्त सम्म जतन गरी राख्ने पनि गर्दछन् |
छेवरको मुख्य तात्पर्य पुरानो वा जन्मदाको केश मुण्डन गरी नयाँ केश आउँन दिनु र बालकको शारीरिक बृदि भएको आभास दिनु नै हो | त्यसपछि भान्जालाई सगुनको स्वरुप माछा, फुल,दुध,मासु र जाँड वा रक्सी खुवाउने गरिन्छ |अनि भान्जाले लगाएको पुरानो कपडा खोली मामाले ल्याएको नयाँ कपडा लगाई दिने गरिन्छ | यसरी मामा द्वारा उपहार स्वरुप दिने कपडाहरु प्राय : सेता हुन्छन |
कपडा पहिराई दिने प्रचलन पनि गजबको छ | कपडा लगाई दिदा शिरबाट शुरु गरेर पाऊ सम्म पुर्याइन्छ | त्यसपछि मामाले भान्जालाई फेटा गुथाउछन् | यसरी दिईने फेटा पनि बिजोर हात (९,११,१३ …) लामो हुने गर्दैछ | अनि मामाले भान्जालाई म्हार (घ्यु) लेपी टाटे/को-म्हेन्दो (टोटोलको फुल) को टिका लगाई खादा पहिराई दिने गर्दछन् |
टिका लगाउंदा पनि मर्यादक्रम अनुसार लगाइदिने चलन छ | सर्बप्रथम मामा, माइजु, बाजे, आपा, आमा, क्रमश: नातागोता आगन्तुकहरुले लगाइदिने गर्दछन् | टिका लगाइदिए पछि भान्जाले “छे”(ढोग)गर्दछन् भने टिका लगाई दिनेले ढोग थाप्दै आशिर्बद दिने गर्दछन् |
दक्षिणा दिदा पनि तामाङ समाजमा दुई प्रकारले दिने गर्दछन |
(१) टपरिमा
(२) थालमा
थालमा दिएको दक्षिणा भान्जाको हुने र टपरिमा दिएको दक्षिणा भान्जी चेलीको हुने गर्दछ | भान्जालाई टिका लगाई दक्षिणा दिएपछि सँगै बसेकी भान्जी चेलीहरुलाई पनि दिनु पर्दछ | टिका राख्ने कार्य सम्पन्न भएपछि चेवारमा रखिएको सगुन पोङ्लाई टाटे/को-म्हेन्दोले “छ्योत” गर्ने गरिन्छ | उपस्थित सम्पूर्ण महानुभावहरुलाई सो सगुन बाँडिन्छ |
त्यसपछि मन्डपमा राखिएको १३ सगुनलाई क्रमश: आस्यङ, (मामा) भान्जा, लामा, ताम्बा, गान्बा, चोहो, निम्ता बाँड्ने निम्तालु मध्ये एक, छ्यङ्बस्या, कठौबा, बन्डेल्बा, ओतिबा, भान्जेबा, बोन्बो र बन्दुके समेतलाई दिइन्छ |
त्यस्तै कतैकतै प्राप्त सम्पूर्ण सगुनहरुलाई दुई भागमा बिभाजन गरी एक भाग मामालाई पठाउने, अर्को भाग छेवरमा सहभागीलाई बाँडेर खुवाउने गरिन्छ | त्यस्तै गरी सगुनहरु पठाउँदा छिमेकीहरुले, दाजुभाइ खलकहरुले मन्डपमा ल्याएको सगुनमा केही थप गरी राखी फर्काउने गरिन्छ |
त्यसपछि मामाले भान्जाका बाबु-आमालाई भान्जाका लागि भिक्षदान स्वरुप ल्याएका उपहारहरु बुझाईन्छ | प्राय: यस्ता उपहारहरुमा लुगाफाटा, गरगहनाका अतिरिक्त थाल,कचौरा, खड्कुलो, करुवा, फोसी, बाटा, सुन, चाँदि, औकात हेरी हुने गर्दछ |
निम्तालुहरुले पर्म रुपमा सहयोग केही रकम दिने गर्दछन् | जसलाई तामाङहरु चरी भन्दछन् | जुनपछि टिपोट हेरी निम्तालुहरु कहाँ छेवार गर्दा सो रकम सोही हिसाब-किताबमा फिर्ता गर्ने प्रचलन छ |
त्यस्तै कतै कतै तामाङहरुले छेवार गर्दा भान्जालाई गाई गोठ्मा लगेर गाई कै दाम्लोले घिच्रोमा बाँधेर मामाले कपाल काट्ने वा सिधै खौरने गरिएको पनि पाईन्छ| यो हिन्दू धर्मको प्रभाब हो |कपाल खौरिए पछि चेलीहरुले छेवार गरिएको गाईको दाम्लो फुकाउने गर्दछन् | दाम्लो फुकाएर खौरिएको कपाल भुईमा पर्न नदिई सेतो कपडामा थापे बपात घर तर्फकाले चेलीहरुलाई दक्षिणा दिने चलन रहेको पाईन्छ | अनि भान्जालाई आँगनमा ल्याएर बसाएर मामाले पगरी (फेटा) लगाइदिने गर्दछन् |
त्यसपछि मामाले भान्जा र भान्जासंगै बसेका चेलीहरुलाई टिका लगाई दक्षिणा दिएर आशिर्बाद (नाम्गर) दिने चलन पनि छ | मन्डपमा वा गोठमा जहाँ राखी छेवार गरे पनि त्यसदिन कपाल खौरदा दाहिने तर्फको कन्सिरमा केही रौ राख्ने प्रचलन छ|
छेवरको पहिलो दिन
छेवार संस्कारमा मामाको भूमिका महत्वपूर्ण रहन्छ | मामा बिना यो संस्कार सम्पन्न गर्न सकिन्न | यदि कसैको मामा छैनन भने आमाकै थरको कसैलाई मामा बनाई छेवार गर्नु पर्दछ |भान्जाकै घरमा छेवार गरिएमा सोको लागि भान्जा कहाँ आएका मामाहरुलाई केही कोसेली लिएर परसम्म बहिनी ज्वाँईले गान्बा (गाउँका ठुला ठालु)हरु डम्फुरे र बन्दुकेहरु सहित लिना जान्छन् |
जो प्राय: भञ्ज्याङ वा देउराली वा दोबाटोसम्म हुने गर्दछ | जहाँ मामा खलकहरुलाई पूर्व फर्काएर गुन्द्री माथि राडीपाखीमा बिछ्याइ बसाइन्छ |
अनि मामाहरुलाई बहिनी ज्वाँईले घुँडा टेकेर ढोग गर्दछन् | अनि सगुन रेम खुवाइन्छ | भान्जा खलकहरुले मामाहरुलाई चेवार मन्डपसम्म बाजागाजाका साथ बन्दुक पड्काउदै बोकेर भित्राउने गर्दछन् |
यसरी मामा भित्र्याउदा मामाको घर धेरै टाढा भए एकदिन अघि नजिकै भए छेवारकै दिन भित्र्याउने गरिन्छ | मामाहरुलाई एक दिन अघि भित्र्याएको खण्डमा सोही रात्रीदेखि छेवार कार्य सम्पन्न भई मामा बिदाबारी नगरेसम्म भान्जा पट्टिको डम्फुरे र मामा पट्टिको डम्फुरे बीच दिनरात दोहोरो सेलो चल्दछ | त्यस्तै भान्जालाई मामाकै घरमा लगेर छेवार संस्कार सम्पन्न गर्ने परम्परा तामाङ जातीमा छ |