एक खुट्टाको नृत्यले खुसि बाँड्यो

वैशाख १ ; सदरमुकाममा मंगलबारबाट शुरु भएको इलाम पर्यटन महोत्सवको दोस्रो दिन बैशाखी टेकेर मञ्चमा पुगेकी निलिमा ढुङ्गानले दर्शकलाई चकित त्यतीबेला पारीन जतिवेला उनी एउटा खुट्टाको सहारामा छमछम नाच्न थालीन ।
मोरङ दुलारीकी निलिमाको एउटा खुट्टा छैन । तर उनले रेली खोला बगरमा छमछम नाचीन र इलामे कला प्रेमी मन जितिन । महोत्सवको अवसरमा राँके बजार, कन्याम लगायतका स्थानमा समेत साँगितिक कर्यक्रम भएको छ । नयाँ बर्षको अवसरमा इलाममा पर्यटकको चहल पहल बढेको छ ।
इलाम उद्योग वाणिज्य संघको महिला उद्यमी बिकास इकाई र पर्यटन प्रवद्र्धन सरोकार समिति इलामको सम्युक्त आयोजनामा भएको महोत्सव आयोजना गरेको हो । नयाँ वर्ष २०७३ को अवसरमा भएको महोत्सवले उद्योगी, ब्यापारीको ब्यापार प्रवर्धनमा सहयोग पुग्ने र इलाममा आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा आयोजकले लिएको छ ।
वाणिज्य संघको महिला इकाइले विगत वर्षहरुमा स्थानिय उत्पादनलाई जोड दिए पनि यस वर्षदेखी पर्यटनलाई समेत अगाडी बढाउने लक्षले महोत्सव आयोजना गरिएको आयोजक महिला इकाईकी अध्यक्ष दिव्या भट्टराईले जानकारी दिइन् ।
तस्विर निलिमा नाच्दै