हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बस दुर्घटनाका सबै मृतकको सनाखत, आफन्तले शव बुझ्दै 

aced4

दिक्तेल डेटलाइन

वैशाख १ : मध्यपहाडि लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक खण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका २४ मृतककै सनाखत भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङबासी रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार खोटाङका १५, उदयपुरका ७, सोलुखुम्बुका २ र बारा जिल्लाका एकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा खोटाङ डिकुवा–६ का ३८ वर्षीय मेजर राई, खार्मी–५ की ५० वर्षीया मीत्रकुमारी राई, च्यास्मिटार–८ का २४ वर्षीय सुरेन्द्र राई, बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुष्मा राई, दिक्तेल नगरपालिका–१४ का १८ वर्षीय सन्तोष कटवाल, बाक्सिला–७ का २६ वर्षीय प्रदिप राई, च्यास्मिटार–३ का १८ वर्षीय रविन राई, सोहि स्थानका ४८ वर्षीय खम्बशेर राई, दिप्सुङ–९ का ४७ वर्षीय गोविन्द तिम्सिना, खार्ताम्छा–८ का २३ वर्षीय सइकुमार राई, राखावाङ्देल–९ की ३२ वर्षीया लक्ष्मी राई, याम्खा–७ का ५४ वर्षीय भैरव राई र निर्मलीडाँडा–३ की ३५ वर्षीया विमला राईको सनाखत भएको छ ।

खोटाङ बाकाचोल–४ माइत भइ सोलुखुम्बु जिल्लाको सोताङ घर भएकी २८ वर्षीया दिलकुमारी राई, उदयपुरको थानागाउँ–१ का ५१ वर्षीय नीरबहादुर कार्की, बाँसबोटे–३ का १८ वर्षीय युवराज राई, रुपाटार–३ का १८ वर्षीय भाजुनारायण श्रेष्ठ, थानागाउँ–२ का २५ वर्षीय मनोज सुनुवार, सोहि स्थानका ३५ वर्षीय होमबहादुर सुनुवार, ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई, उनको २ वर्षीय छोरा ओम श्री राई, .सोलु पञ्चन–१ का २२ वर्षीय सोम सुन्दास र बस चालक बारा निजगढका ३८ वर्षीय अर्जुन उप्रेती रहेका छन् ।

मृतकको शव जिल्ला अस्पतालमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । मृतकको शव गाउँसम्म पु¥याउनका लागि यातायात व्यवसायी सङ्घ खोटाङले टयाक्टरको व्यवस्था गरीदिएको छ ।

दिक्तेलबाट बिहान पाँच बजे काठमाडौं हिँडेको बा २ ख ६३७६ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर प्रकृतिका २३ जनालाई तत्कालै नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाडौं लगिएको छ ।
अन्य आठ जनाको जिल्लास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको आफन्तहरुले बताएका छन् । उनीहरुको अवस्था सामान्य बन्दै गएको जनाइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution