हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बस लड्यो, गाडी गयो भन्दाभन्दै बसले डिल काट्यो

खोटाङ-खोटाङबाट काठमाडौं जाँदै गरेको बा२ख ६३७६ नम्बरको बसमा उदयपुर बाँसबोटेका १७ वर्षीय शान्तु राई निदाइरहेका थिए। अकस्मात ‘बस लड्यो’, ‘गाडी गयो’ भन्ने चिच्याहटले उनको निद्रा भंग भयो। के भएको हो भन्ने पत्तो नपाउँदै बसले सडकको डिल काटेर पल्टियो। एकदुई पल्ट पछारिएभन्दा पछिको अवस्थाका विषयमा उनलाई पत्तै भएन।

होस खुल्दा पाखाभरि शव र घाइते यत्रतत्र छरिएका थिए । हुर्लुङ–जालपा सडकमा मजदुरी गर्दैआएका शान्तु उदयपुरकै २०÷२२ जनाको टोलीसहित घर फर्कने क्रममा हुर्लुङबाट बस चढेका थिए । ‘निदाइरहेको थिएँ, हल्लीखल्लीले निद्रा खुल्यो,’ स्वास्थ्यचौकी हलेसीमा उपचार गराइरहेका शान्तुले भने, ‘गाडी गयो भन्ने सुनियो, अरु केही थाहा भएन ।’

बेलुका घर आइपुग्ने खबर गरेका उदयपुरको ताम्लिछा–५ का १८ वर्षीय सुनिल राईको यात्रा पनि बीचैमा रोकियो । उनी पनि दुर्घटनामा परे । ‘बेलुका घर आउँछु भनेर खबर गरेको थिएँ,’ सुनिलले भने, ‘तर दुर्घटनामा परेर धन्न ज्यान बच्यो, पुनर्जन्म पाएको महसुस भएको छ ।’ उनले दुर्घटनामा आफन्त शान्ति राई, ओमश्री राई र खेमराज राई लगायत गुमाएका छन् । ‘ओभर स्पिड’मा रहेको बस भासिएर बस पल्टिएको अर्का घाइते उदयपुर बलम्ता–६ का तिलक राईले बताए । ‘गाडी हुइँकिइरहेको थियो, भासिएर पल्टिएको याद छ,’ तिलकले भने, ‘बसमा सबै अत्तालिएको सुनिन्थ्यो, त्यसपछि थाहै भएन ।’ हलेसी स्वास्थ्यचौकीमा उपचार गराइरहेका उनीहरुसहित ८ जनालाई स्थानीय दुर्गाबहादुर कटवालले मंगलबार रातको खाना खुवाएका छन् । उनीहरु बाँचेको खुसीमा कटवालले घरै लगेर खाना खुवाएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी–दिक्तेल सडक खण्डको महादेवस्थान–१ बर्खेटारमा मंगलबार बिहान भएको दुर्घटनामा ज्यालादारी काम गर्ने उनीहरुसहित ५५ जना परेका छन् । सडकको कुनामा थुपारिएको ढुंगाको थुप्रोलाई छलेर सडकको डिलबाट पार गर्ने क्रममा पाँच वर्षका बालकसहित १७ पुरुष र ७ महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे सदरमुकाम दिक्तेलबाट काठमाडौंका लागि छुटेको बस बिहान ८ बजेतिर पल्टिँदा ३१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हलेसी–दिक्तेल सडक कालोपत्रेको काम गरिरहेका ठेकेदारले सडकको कुनामा एक्स्काभेटरले माथिबाट तानेर थुपारेको ढुंगा र माटोको थुप्रोलाई कटाएर डिलबाट बस छिराउन खोज्दा पल्टिएको घटनास्थल पुगेका सुरक्षा निकाय, उद्धारकर्मी र स्थानीयको भनाइ छ । सडकको डिलबाट बस पार गर्न खोज्दा सडकको डिल भासिएपछि बस कोल्टिएर पल्टिएको उनीहरुको भनाइ छ । ढुंगा थुप्रिएर साँघुरो बनेको बाटोमा गाडी मोड्न खोज्दा बस पल्टिएको घटनास्थल प्रकृतिले देखाएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले बताए ।

ठेकेदारले एक्स्काभेटर प्रयोग गरेर सडकको भित्तामाथि रहेको ढुंगा तानेर सडकको लिक मिचेर राखेकाले बस पल्टिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राई बताउँछन् । सडक मिचेर थुपारिएको ढुंगाभन्दा मुनिबाट बसलाई पार गराउने प्रयास गर्दा सडक नै धस्किएर दुर्घटना भएको उनले बताए । ‘एक्स्काभेटरले तानेर भित्ताको ढुंगा सडकमै थुपारिएको छ, दुर्घटनाको मुख्य कारण यही देखिन्छ,’ महासचिव राईले भने, ‘ढुंगालाई सही ठाउँमा व्यवस्थापन गरेको भए दुर्घटना टथ्र्यो ।’ क्षमताभन्दा बढी यात्रु बोकेको बसको ‘ओभर स्पिड’ समेत दुर्घटनाको अर्को कारण देखिएको उद्धारकर्मीको भनाइ छ ।

कालोपत्रेका काम भइरहेको सो सडकको ठाउँठाउँमा टिपरले ओसारेका ढुंगासमेत थुपारिएको छ । सडकको ठाउँठाउँमा पर्खाल हाल्नका लागि प्रयोग हुने ढुंगालाई ओसारेर सडकमै थुपारेर राख्ने गरिएको छ । हाल दिक्तेलबाट राजधानी र कटारी ओहोरदोहोर गर्ने बसले तिनै ढुंगाको थुप्रोलाई पार गर्दै आफ्नो गन्तव्य पार गर्दैआएका छन् । ढुंगाको तिनै थुप्रो पार गर्ने क्रममा मंगलबार जिल्लाको इतिहासमै सबैभन्दा ठूलो क्षतिको सडक दुर्घटना बेहोर्नुपरेको हो । सो स्थानमा २०६५ माघ १ गते जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

कच्ची सडकले नथेग्ने र सडक कमजोर बनाउने भएकाले हलेसीबाट दिक्तेलतर्फ ८ टनभन्दा बढी तौल भएका सवारी साधनलाई नहिँडाउन दुई वर्षअघि नै सर्वदलीय÷सर्वपक्षीय बैठकमा जिल्लाका यातायात व्यवसायीबीचमै सहमति भएको थियो । तर, त्यसको पालना उनीहरुबाटै भएन । बढी तौलका मालबाहक सवारी साधन नहिँडाउने निर्णय विपरीत २०÷२२ टन तौल भएका ट्रकको समेत आवतजावतले निरन्तरता पायो । सोही कारण सडकको जग कमजोर भएको र सडकको पर्खालले बसलाई थेग्न नसकेको यातायात व्यवसायी संघका महासचिब राईले बताए । ‘आठ टनभन्दा बढीको मालबाहक ट्रक हिँडिरहेका कारण सडक चर्किएको छ, अवस्था नाजुक छ,’ महासचिव राईले भने, ‘जर्जर बनेको सडकमा अन्य दुर्घटनाको त्रास कायम छ ।’

उसैपनि बर्खेटार क्षेत्र भिरालो र साँघुरो भएका कारण दुर्घटनाग्रस्त क्षेत्रमा पर्छ । २००९ मा बनेको बस तीन महिनाअघि मात्र जिल्ला आएका चालक उप्रेतीले चलाएका थिए । ‘अन्य कारणभन्दा बढी छेउतिर च्याप्न खोजेकै कारण दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरी असई तेजबहादुर बस्नेतले भने, ‘गाडी र चालकमा समस्या छैन भन्ने बुझिन्छ ।’ यसबाहेक नाकाबन्दीको समयमा भएको इन्धन अभावपछि यात्रु कोचेर हिँडाउनमा दिइएको छुट पनि दुर्घटनाको अर्को कारक मान्छन् स्थानीय प्रमोद श्रेष्ठ । युवा संघ खोटाङले भने विज्ञाप्तिमार्फत सडक जीर्ण भएको थाहा हुँदाहुँदै क्षमताभन्दा बढी यात्रु बोकेकाले क्षति बेहोर्नुपरेको जनाएको छ ।

दुर्घटनामा काठमाडौं घर भएका बसका चालक अर्जुन उप्रेती, दिक्तेल नगरपालिका–१४ का सन्तोष कटवाल, दिप्सुङका गोविन्द तिम्सिना, च्यास्मीटारका रविन राई, डिकुवा–८ का मेजर राई, खार्मी–५ का मित्रकुमारी राई, निर्मलीडाँडा–३ का विमला राई, याम्खा–७ का भैरव राई, उदयपुर बासवोटे–३ का द्रविन राई, उदयपुर ताम्लिछा–७ की शान्ता राई, ताम्लिछा–५ का ओमश्री राई, सोलुखुम्बु पञ्चन–१ का सोम सुन्दास, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाउँका भाजुनारायण श्रेष्ठ, सोलुखुम्बु घर भएकी सुस्मा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए । अन्य मृतकको सनाखत हुन बाँकी छ । मृतकको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब १० कोस टाढा पर्छ। घाइतेमध्ये २३ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट राजधानी काठमाडौं पुर्‍याइएको छ । उनीहरुमध्ये १२ जनाको टिचिङमा, ३ जनाको ग्रिनसिटीमा, ३ जनाको बिएन्डबीमा, २ जनाको वीरमा र १ जनाको छाउनीमा उपचार भइरहेको छ। जिल्लाको इतिहासमै भएको यो सबैभन्दा ठूलो बस दुर्घटनाले जिल्ला शोकमा डुबेको छ । अहिले मृतक तथा घाइतेका आफन्त शोकमा डुबेका छन् । शव ल्याइएसँगै जिल्ला अस्पतालमा आफन्त तथा शुभेच्छुकको भीड लागेको छ ।

ठाडो भीर भएकाले पल्टिएको बसबाट उछिट्टिएर भीरपाखामा छरपष्ट भएको अवस्थामा घाइते तथा मृतकलाई संकलन गरिएको प्रहरीले जनाएको छ । सदरमुकाम दिक्तेलबाट १८ यात्रु लिएर हिँडेको बसमा हुर्लुङबाट खचाखच हुने गरी यात्रु हालिएको बताइएको छ । बस करिब डेढ सय मिटरमुनि भीरमा अड्किएको छ । प्रहरी, सेना र सशस्त्रको टोली तथा स्थानीयले घटनास्थलमा घाइते तथा मृतकको उद्धार गरेका थिए ।

दुर्घटनामा खोटाङ च्यास्मिटार–८ की शर्मिला राई, सोही ठाउँका रामकुमार राई, बाँसपानी–२ की रेश्मा राई, बासपानीकै जक्सन राई, रतन्छा–७ की निनम राई, सोही स्थानका प्रशान्त राई, दिक्तेल पाथेका–४ का मिलन राई, दिक्तेल नगरपालिका–११ लफ्याङकाकी देवका कटवाल, दिक्तेल नगरपालिका–२ की सजिना बर्देवा, दिक्तेल नगरपालिका–१३ खाल्लेका मनोज बस्नेत, खार्मी–५ का खड्गबहादुर राई, दुर्छिमका प्रेमकुमार राई, डिकुवा–६ का शुक्र राई घाइते भएका छन् । यस्तै, उदयपुर ताम्लिछा–५ का ढकबहादुर राई, डाँडागाँउ–१ का अमरबहादुर मगर, ताम्लिछा–५ का खेमराज राई, बाँसबोटे–३ का तिलकशेर राई, धनुषाका रघुनाथ शाह, मोरङका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारी घाइते छन् ।@ नागरिक न्युज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution