हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

वर्ष २०७२ मा सफल नेपाली चलचित्र

काठमाडौँ, चैत ३० गते । “पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला …”, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो ।

गत वैशाखमा नयाँ वर्ष सुरु हुन अघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुञ्जिएको थियो । यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश विदेशका दर्शक र श्रोताले कैयौं नृत्यका दृश्य छायाँङ्कन गरेर यु ट्युबमा राखे । कतिपयले त यो गीतमा नेता÷नेत्री र चर्चित व्यक्तिहरु नाचेको व्यङ्ग्यचित्र बनाए ।

अन्ततः धेरै प्रतिक्षापछि वैशाख ११ गते चलचित्र ‘रेशम फिलिली’ प्रदर्शनमा आयो र पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । तर दोस्रो दिन अर्थात वैशाख १२ गते देशमा ठूलो भूकम्प गयो । भूकम्पका कारण देशको धेरै क्षेत्रमा क्षति पुग्यो । चलचित्र क्षेत्र पनि अछूतो रहेन । त्यसमा पनि धेरै क्षति त ‘रेशम फिलिली’लाई भयो । धेरै व्यापार गर्ने आश गरिएको चलचित्रको प्रदर्शंन रोकियो । त्ससपछि हलमा दुई महिनाभन्दा बढी समयसम्म कुनै चलचित्र चलेनन् ।

नायक विनय श्रेष्ठले निर्माण गरेको तथा प्रणव जोशीले निर्देशन गरेको ‘रेशम फिलिली’ भदौ ५ गते पुनः प्रदर्शनमा आयो । यसले औसतभन्दा राम्रै व्यापार ग¥यो तर ‘पिरतीको छाता ओढाउँला’ गीत जस्तै लोकप्रिय र राम्रो नभएको समीक्षा आयो । त्यसो त यसै वर्ष देशले भोगेका विनाशकारी भूकम्प, संविधान निर्माणसँगै भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दी जस्ता समस्याले करिव आधा वर्ष सबै क्षेत्र ठप्प रहँदा त्यसको मार चलचित्र क्षेत्रले पनि भोग्नुप¥यो । यति हुँदाहुँदै पनि ‘रेशम फिलिली’सँगै ‘होस्टेल रिटन्र्स’, ‘भैरब’, ‘वडा नं ६’, ‘परदेशी’, ‘लुटेरा’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’लगायत करिब एक दर्जन चलचित्र सफल भए । नेपाली चलचित्र उद्योगकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ भूकम्पलगायतका विविध समस्या रहे पनि केही चलचित्र सफल हुनुलाई नराम्रो सङ्केत मान्नुहुन्न । उहाँ भन्नुहुन्छ, “भूकम्पपछि ५÷६ महिना चलचित्रसम्बन्धी केही काम भएन । तर पनि यस क्षेत्रमा मिश्रित फल आयो, यो सकारात्मक हो ।”

भूकम्पपछिको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पशुपतिप्रसाद’ र वैदेशिक रोजगारीमा जाने युवाको कथा समेटिएको ‘राहदानी’ले उत्कृष्ट कथा भएका चलचिलको दर्जा पाए । रङ्ग पत्रकार विदुर गिरी यस्ता चलचित्रलाई नै अब मूलधारका चलचित्र मान्ने परिपाटीको विकास गर्नुपर्ने तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ अलिकति राम्रो कथाका चलचित्र बने भने बेग्लै धार भन्ने चलन छ तर अहिले जे चलिरहेको छ, दर्शकले जे रुचाउँछन् त्यही नै मूलधार हो ।”

‘फागु द कलर्स अफ द लाइफ’, ‘बागमती’, ‘चकलेट’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रले धेरै प्रचारप्रसार गरेपनि सफलता पाएनन् । यो वर्ष बनेका कतिपय चलचित्र कहिले आए, कहिले प्रदर्शन भए र कहिले गए भन्ने नै पत्ता भएन । त्यसैले, चलचित्र समीक्षक प्रकाश साय्मी यो वर्ष नेपाली चलचित्र बढी हल्लामा चलेको आरोप लगाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो वर्षका प्रायः चलचित्र पहिलाको तुलनामा गम्भिर विषयवस्तुका छैनन् । पुरानै धार छ, मात्र अभिनय शैलीमा थोरै फरक ल्याएको हो ।”
यो वर्ष ‘भैरब’ चलचित्रको निर्माण र निर्देशन गर्दै करिव ५ वर्षपछि फर्किएका निखिल उप्रेती सफल रहे । त्यस्तै, आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, र अनमोल केसी सफल नायकमा गनिए भने प्रियङ्का कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा जस्ता नायिकाको अभिनय मन पराइयो । त्यस्तै, नवप्रवेशी नायक प्रदीप खड्का, आमेश भण्डारी, पल शाह र नायिका साम्राज्ञी शाह, आँचल शर्मा, वर्षा राउतलाई सम्भावना बोकेका कलाकारको दर्जा दिइयो ।

सदाबहार नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको चर्चा भएपनि राजेशले खेलेको ‘बागमती’ र करिश्माले बनाएको ‘फागु द कलर्स अफ द लाइफ’ले दर्शकको मन जित्न सकेनन् । कतिपय चलचित्र सफल भएपनि नायक÷नायिका सफल भएनन् भने कतिपय चलचित्र नचलेपनि केही कलाकारले चर्चा पाए ।

चलचित्र विकास बोर्डमा यो आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० वटा चलचित्र दर्ता भए । त्यसमा केही चलचित्र गुरुङ, थारु र भोजपुरीजस्ता भाषाभाषीका पनि छन् ।

त्यसमध्ये हाल प्रदर्शनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल –४’ र ‘रामप्यारी’ समेतगरी ६५ वटा चलचित्र मात्र २०७२ साल भरमा प्रदर्शनमा आएका छन् । बोर्डका निर्माण अधिकृत गिरिश शर्मा पछिल्लो वर्षको तुलनामा यो वर्ष कम चलचित्र प्रदर्शन भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भूकम्प, नाकाबन्दी, आन्दोलन र चलचित्र निर्माण सम्बन्धी मापदण्डका कारण यो वर्ष कम चलचित्र निर्माण भएका हुन् ।” रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution