हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बौद्धनाथमा गुठी व्यवस्थापन र पारदर्शिताको माग

Boudhanath_Stupa

काठमाडौँ, चैत ३० गते । सांसद रामेश्वर फुयाँलले बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धनाथ क्षेत्रको आर्थिक पारदर्शिता र सुदृढ व्यवस्थापन समिति गठनको माग गर्नुभएको छ । गुठी संस्थानले अन्य यस्ता सांस्कृतिक सम्पदामा व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन गरिरहेकामा बौद्धनाथमा भने व्यवस्थापन समिति नबनाइएकाले तत्काल समिति गठन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको हो ।

“हरेक चार वर्षमा लामा गुरु परिवर्तन हुनुपर्ने चलन रहे पनि लामो समयदेखि एकै जना व्यक्ति रहँदा व्यापक आर्थिक अनियमितता भएको छ, मन्त्रालयले ज्ञापनपत्रको अध्ययन गरेर छिटो कार्यान्वयन गरोस्,” रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

ज्ञापनपत्रमा विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपमा गत वैशाखको भूकम्प र त्यसपछिका परकम्पबाट ठूलो क्षति भएकामा गुरुयोजना बनाएर राष्ट्रिय महत्वका साथ ऐतिहासिकता, मौलिकता, पुरातात्विक, कलाकौशलयुक्त हुने गरी छिटो पुनःनिर्माण गर्न सरकारसँग माग गरिएको छ ।

सांसद फुयाँलले परिवर्तित राजनीतिक व्यवस्थामा जनताको भावना प्रतिविम्बा हुने गरी बौद्ध घ्याङ गुठी र बौद्धनाथ क्षेत्र विकास समितिको पुनःसंरचना गर्न माग गर्नुभएको छ । “व्यवस्थापनको लापरबाही र अनियमितताका कारण केही महिना अगाडि बौद्धनाथको अजिमा मन्दिरमा रहेको ऐतिहासिक गरुडको टुँडाल हराएको छ, यसको खोजी गर्न जिम्मेवार निकाय लागेको छैन, तत्काल खोजी गरी दोषी पत्ता लगाएर कानुनी कारवाही गर्न माग गर्दछु,” ज्ञापनपत्रमा भनिएको छ ।

बौद्धनाथमा गुठी संस्थानको मिलेमतोमा विवादित र चोरीको मुद्दामा मुछिएका व्यक्तिलाई लामा गुरु नियुक्त गरी करोडौँ आर्थिक हिनामिना भइरहेको आरोप लगाउँदै पटक पटक ऐतिहासिक र अमूल्य वस्तु हराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबनेको भन्दै सांसद फुयाँलले आक्रोश पोख्नुभयो ।

ज्ञापनपत्र बुझ्दै भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा र राज्यमन्त्री विक्रमबहादुर थापाले तत्कालै स्थानीय जनताको मर्मानुसार नै काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको सांसद फुयाँलका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution