खोटाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना : २२ जनाको मृत्यु , २५ जना घाइते

खोटाङ चैत्र ३० – सदरमुकाम दिक्तेलबाट यात्रु लिएर मंगलबार बिहान ५ बजे काठमाडौंकालागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान–४ को बर्खेटारमा दुर्घटनाग्रस्त भएको छ । खोटाङको बर्खेटारमा यात्रु बस दुर्घटना हुँदा ज्यान जानेको संख्या २२ पुगेको छ । दुर्घटनामा १५ पुरुष र सात महिला गरी २२ जनाको ज्यान गएको र २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बस सडकबाट झण्डै दुई सय मिटर तल प्रहरी सहायक निरीक्षक रवी लिम्बुले जानकारी दिनुभयो । घाइतेको उद्दारको काम भइरहेको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । त्यसका लागि नेपाली सेनाको एउटा हेलिकप्टर गएको छ ।